काठमाडौँ, १५ असोज । मुख्सचिव लोकदर्शन रेग्मीले आफ्नो कार्यकाल सकिनु केही दिन अघि राजीनामा दिनुभएको छ । रेग्मीको राजीनामा बिहीबारै प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकृत गरेको बालुवाटार स्रोतले जनाएको छ ।
मुख्यसचिव रेग्मीको कार्यकाल कात्तिक ३ गते सकिँदै थियो । उहाले कार्यकाल सकिनु दुई साताअघि असोज २२ भन्दा अघि नै राजीनामा गरेकाले सचिवहरु शंकरदास वैरागी, मोहनकृष्ण सापकोटा र केदारबहादुर अधिकारी अब मुख्यसचिवका दावेदार हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्