रसुवा ,२२ मंसिर । रसुवाको मतगणनाको पछिल्लो परिणाम अनुसार लोकतान्त्रिक गठबन्धनले अग्रता फराकिलो बनाँउदै लगेको छ । हामिलाइ प्राप्त पछिल्लो परिणाम अनुसार प्रतिनिधि सभा र प्रदेश सभा ‘क’ तर्फ लोकतान्त्रिक गठबन्धनले अग्रता बढाँउदै लगेको हो । ताजा परिणाम अनुसार प्रतिनिधि सभा तर्फ लोकतान्त्रिक गठबन्धनका मोहन आचार्यले ६ हजार ४ सय ७५ मत प्राप्त गरेका छन् भने वाम गठबन्धनका जनार्दन ढकालले ४ हज़ार २ सय ५१ मत प्राप्त गरेका छन् । प्रदेश सभा अन्तर्गत प्रदेश ‘क’ को मतगणनाको पछिल्लो परिणाम अनुसार लोकतान्त्रिक गठबन्धनका प्रभात लामाले ५ हजार ३ सय ११ र वाम गठबन्धनका कर्न्याल लामाले ४ हजार ३ सय ६९ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्