ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली इन्सपेक्टर बनेर लोकसेवाको परिक्षा संचालन गर्ने यादव पक्राउ (भिडियोसहित)


एबीसी न्यूज
१५ आश्विन २०७७, बिहिबार   २ : ३०   बजे

बीरगंज १५ असोज । नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्सपेक्टर) को पोशाक लगाएर ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

बीरगंज महानगरपालिका वडा नं १६ स्थित नगवामा रहेको देव पार्टि प्यालेसमा परिक्षा लिईरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साको क्राईम ब्रान्च प्रहरीले छापामारी गरि पक्राउ गरेको हो ।

प्रहरीले १ जना नक्कली प्रहरी निरिक्षक २ जना महिला सहित २७ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक मन्जीत कुवरले बताउनुभयो । वारा जिल्ला जितपुर सिमरा उपमाहानगरपालिका ७ चौधरी टोल बस्ने राश विहारी राय यादवका छोरा बर्ष २९ को अजय कुमार यादवलाई नक्कली प्रहरी निरिक्षकको पोशाकमा नक्कली प्रहरी सहायक निरिक्षक र राष्टिय अनुशंधान बिभागको सहायक सुचक पदमा जागिर लगाई दिने भन्दै जनही २५ हजार रुपैया लिई ठगी गरेको आरोपमा पर्सा प्रहरीले पक्राउ गरेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक मन्जीत कुवरले जानकारी दिनुभयो ।

पक्राउ परेका यादवले राष्टिय अनुशंधान र प्रहरी सहायक निरिक्षक असईमा जागिर लगाई दिने र त्यसका लागी लोक सेवाको परिक्षा दिनु पर्ने बताउदै बुधवार बीरगंज १६ स्थित नगवामा रहेको देव पार्टि प्यालेसमा परिक्षा लिईरहेको अवस्थामा नक्कली ईन्सपेक्टर २ महिला परिक्षार्थी गरी २७ जना पक्राउ परेका हुन् ।

गोप्य रुपमा परिक्षा सञ्चालन भईरहेको भन्ने विशेष सुचनाका आधारमा पर्सा प्रहरीको क्राईम ब्रान्चका प्रहरी नायव निरिक्षक प्रकाश राउत र जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरीको खटिएको टोलिले नक्कली ईन्स्पेक्टर यादव सहित परिक्षार्थीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएका २१ जना परिक्षाथीहरुलाई उनिहरुको अभिवावकहरुको जिम्मामा छाडिएको र नक्कली ईन्सपेक्टर यादव सहित अन्य ६ जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको पर्सा प्रहरी प्रवक्ता कुवरले बताउनुभयो । प्रहरीले नियन्त्रणमा लिएको नक्कली ईन्सपेक्टर यादवले २१ जना परिक्षार्थीहरुसंग जम्मा  ३ लाख ६१ हजार रुपैया असुली गरेको पर्सा प्रहरीले जनाएको छ ।

आफुहरुलाई जागिर लगाई दिने भन्दै २५ हजार रुपैया र १ हजार रुपैया फारम भरेको गरी २६ हजार रुपैया लिएको र बाकीको १ लाख रुपैया पछी दिनु पर्ने सो परिक्षामा सहभागी भएकाले बताएकाछन । उता परिक्षामा सहभागी भएकी एक युवती आफनो छिमेकी भएकोले यस बिषयमा केही थाहा नभएको र आफुले परिक्षामा सहभागी भएपनी अहिले रकम नदिएको र आफुलाई नक्कली प्रहरी निरिक्षक भएको थाहा नभएको बताउदै नक्कली ईन्सपेक्टर यादवलाई सधै वर्दीमै देखेको हुदा आफुले बिश्वास गरेर परिक्षा दिन आएको बताउनुभयो ।

https://www.abcnepal.tv/wp-content/uploads/2020/10/news.mp4

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group