काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय नाघेको छ । २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएपिछ संक्रमितको मृत्यु हुनेको संख्या ५०९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ महिला र १० पुरुष संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सुनसरीका ५६, ५० र २७ वर्षका पुरुष,काठमाडौंका ७८ र ६८ वर्षका पुरुष, भक्तपुरका ६८ र ललितपुरका ४८ वर्षका पुरुष रहनुभएको छ । यस्तै बाँकेकी ३४ वर्षकी महिला, रुपन्देहीका ८०, ५५ र ४२ वर्षका पुरुषको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्