काठमाडौं, १७ असोज गते । प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष सल्लाहकार विष्णु रिमाल तथा प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना पोजेटिभ देखिएको छ । पीसीआर परीक्षणका लागि उहाँहरु दुवैको शुक्रबार स्वाव संकलन गरिएको थियो ।
विशेष सल्लाहकार रिमालले सामाजिक सञ्जाल ट्वीटमा लेख्नुभएको छ, “हिजोको पीसीआर परीक्षणबाट ममा पनि कोरोना पोजेटिभ देखियो, यसबीच मसँग सम्पर्कमा आउनुभएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग्रह गर्दछुँ ।”
प्रेस सल्लाहकार थापाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, “हिजोको पीसीआर परीक्षणले ममा कोरोना पोजेटिभ देखियो, यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरुले विशेष सावधानी अपनाउन आग्रह गर्दछुँ ।”
प्रतिक्रिया दिनुहोस्