काठमाडौं, १३ कात्तिक । गत २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय १५ जना कोरोना संक्रमित थपिएका छन्।
एकै दिन थपिएका २ हजार ३ सय ६४ मध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार ६ सय १५ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
काठमाडौंमा १ हजार ३ सय ३८, भक्तपुरमा ९७ र ललितपुरमा १ सय ८० जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा २ हजार ३ सय ६४ भेटिएसँगै संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ। कुल संक्रमितमध्ये ३८ हजार ९ सय ५२ जना सक्रिय संक्रमित छन्।
कोरोनाको आशंकामा गत २४ घण्टामा ९ हजार ७ सय ६९ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै पिसिआर परीक्षण हुनेको संख्या १४ लाखख १९ हजार ६४ पुगेको छ।
प्रतिक्रिया दिनुहोस्