काठमाडौं, १६ कात्तिक । अमेरिकी नागरिकले जुनसुकै स्थानबाट मतदान गर्न पाउने व्यवस्थाको एक अन्तरिक्ष यात्रीले पनि उपयोग गरेकी छन् ।
अमेरिकामा आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपति निर्वाचनका लागि चलिरहेको अग्रिम मतदानमा अन्तरिक्षबाटै एक मतदाता सहभागी भएकी छन् ।
अन्तरिक्ष यात्री केट रुबिन्सले अन्तरिक्षबाट मतदान गरेकी हुन्। पृ्थ्वीको तल्लो कक्षमा घुमिरहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) बाट रुबिन्सले २३ अक्टूबरमा मतदान गरेको अमेरिकी अन्तरिक्ष केन्द्र (नासा)ले जनाइको छ।
उनले पृथ्वीभन्दा २ सय माइलमाथि रहेको अन्तरिक्ष केन्द्रबाट मतदान गरेको नासाले जनाएको छ ।
रुबिन्सले अन्तरिक्षबाट मतदान गरेको यो दोस्रो पटक हो। यसअघि उनले सन् २०१६ मा पनि अन्तरिक्षबाटै मतदान गरेकी थिइन् । त्यसबेला उनी अनुसन्धानको सिलसिलामा अन्तरिक्ष केन्द्रमा थिइन्।
रुबिन्ससहित अन्य दुई जना रुसी अन्तरिक्षयात्री ६ महिनाका लागि आईएसएसमा अनुसन्धानका लागि बसिरहेका सिएनएनले जनाएको छ।
अमेरिकाको टेक्सास राज्यले सन् १९९७ देखि अन्तरिक्षबाट पनि मत खासल्न पाइने सुविधाको व्यवस्था गरेको छ ।
यही नोभेम्बर ३ मा हुने राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो बाइडेन प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया दिनुहोस्