भारत ,१७ कात्तिक । भारत प्रशासित कस्मिरमा भारतीय सुरक्षाकर्मीको कारबाहीमा चरमपन्थी समूह हिजबुल मुजाहिदिनका प्रमुख कमान्डर मारिएका छन् ।
भातरीय प्रहरीका अनुसार श्रीनगरको विमानस्थलनजिक रनग्रेथ क्षेत्रमका भएको मुठभेडमा मुजाहिद्दिनका कमान्डर सैफुल्लाह मिर मारिएका हुन् । उनका सहायक भने भारतीय सेनाले नियन्त्रणमा लिएको बीबीसी हिन्दीले जनाएको छ । भारतीय सेनासँगको भिडन्तमा घाइते हुने अतिवादीहरूको उपचार गर्ने सैफुल्लाहलाई मुसैब वा डाक्टर सैफी पनि भनिन्थ्यो ।
समाचार एजेन्सी एएफपीका अनुसार कस्मिरका प्रहरी महानिरीक्षक विजय कुमारले भने, ‘मुठभेड़मा मारिएका सैफुल्लाह मरेका अतिवादी हिजबुल मुजाहिद्दिन अपरेसनका चिफ कमान्डर हुन्। यो हाम्रा लागि ठूलो सफलता हो । गत मेमा उक्त समूहका प्रमुख रहेका रियाज नाइकु दक्षिण कस्मिरमा सेनासँगको भिडन्तमा मारिएपछि उनको स्थामा सैफुल्लाहलाई राखिएको थियो ।
प्रतिक्रिया दिनुहोस्