भारत, १७ कात्तिक । भारतमा कोरोना संक्रमितको संख्या ८२ लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा ४६ हजार ४४१ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८२ लाख २९ हजार ३२२ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ७५ लाख ४२ हजार ९०५ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ४३९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २२ हजार ६४२ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्