ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी राष्ट्रपतीय चुनावको मतदान सकियो , ७ राज्यमा ट्रम्पको जीत, र ९ राज्यमा बाइडेन विजयी


एबीसी न्यूज
१९ कार्तिक २०७७, बुधबार   ७ : ०१   बजे

काठमाडौं, १९ कात्तिक ।  अमेरिकी राष्ट्रपतीय चुनावको मतदान सकियो। अब केही समयभित्र मतदान केन्द्रहरु बन्द हुने र नतिजा आउन सुरु हुने बिबिसीले जनाएको छ ।

कोरोना महामारीका कारण यसपटक मतदानको अघिल्लो दिन अस्ति १० करोड मतदाताले हुलाकी माध्यमबाट मतदान गरिसकेका छन् । ठूलो संख्याका मतदाताले हुलाकी माध्यमबाट मतदान गरेकाले चुनावको अन्तिम नतिजा आउन केही समय लाग्ने अनुमान गरिएको छ ।

चुनावअघि भएका सर्वेक्षणले जो बाइडेनलाई स्पष्ट रुपमा अघि रहेको देखाए पनि प्रारम्भिक नतिजा आउन अझै केही समय लाग्ने देखिएको खबरमा उल्लेख छ । अस्ती सोमबारसम्म अमेरिकामा अग्रिम मतदान गर्नेको संख्या इतिहासमै सबैभन्दा धेरै र चार वर्षअघिको चुनावमा खसेको जम्मा मतको ७१ प्रतिशत भन्दा धेरै पुगेको छ । कोरोनाभाइरस सङ्क्रमित व्यक्तिहरूले पनि मत खसाल्न पाउने अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्शनले जनाएको छ ।

तर उनीहरुका लागि भने मास्क लगाउनुपर्ने, ६ फीटको दूरीमा उभिनुपर्ने, मतदान गर्नु अगाडि र पछाडि साबुन पानीले हात धुने वा सेनिटाइजर लगाउनुपर्ने नियम बनाइएको छ । अमेरिकामा हरेक चार वर्षमा चुनाव हुन्छ । १८ वर्ष र त्यसभन्दा माथिको उमेरका मानिस मतदान गर्न योग्य हुन्छन् ।

७ राज्यमा ट्रम्पको जीत, र ९ राज्यमा बाइडेन विजयी

अमेरिकी राष्ट्रपति चुनावको नतिजा आउन सुरु भएको छ । केन्टकी, वेष्ट भर्जिनिया र साउथ क्यारोलिनामा ट्रम्पको जीत भएको छ । केन्टकीबाट ८, वेष्ट भर्जिनिया ५ र साउथ क्यारोलिनामा ९ इलेक्टोरल मत रहेका छन् ।

फ्लोरिडामा ८१ प्रतिशत रिपोर्टिङ हुँदा जो बाइडेनका पक्षमा ४९ दशमलव ५ प्रतिशत र ट्रम्पका पक्षमा ४९ दशमलव ६ प्रतिशत मत प्राप्त भएको छ । नर्थ क्यारोलिनामा पनि ट्रम्पले अग्रता कायम गरिरहेका छन् ।

भर्मोन्ट र भर्जिनियामा बाइडेनले जीतेका छन् । त्यस्तै इलिनोय, मासाचुसेट्स, रोड आइल्याण्ड, कनेक्टिकट र न्यु जर्सीमा पनि बाइडेनले जीतेका छन् । डेलावर र मेरिल्याण्डमा पनि बाइडेनले जीतेका छन् ।

जो बाइडेन विजयी राज्य

इलिनोय (२०
भर्जिनिया – १३
भर्मोन्ट – ३
मासाचुसेट्स – ११
रोढ आइल्याण्ड – ४
कनेक्टिकट – ७
न्युजर्सी – १४
डेलावर (३
मेरिल्याण्ड – १०

डोनाल्ड ट्रम्प विजयी राज्य

ओक्लोहोमा
मिसिसिपी
अलाबामा
टेनेसी
केन्टकी
वेष्ट भर्जिनिया
साउथ क्यारोलिना

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group