ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा निर्वाचन जित्नेमा वाइडेन आशावादी, ट्रम्प पनि ढुक्क


एबीसी न्यूज
१९ कार्तिक २०७७, बुधबार   ५ : १२   बजे

वासिङ्टन, १९ कात्तिक ।अमेरिकामा राष्ट्रपति चयनका लागि भएको निर्वाचन अन्तर्गत मतगणना जारी रहँदा प्रमुख दुई उम्मेदबारले प्रतिक्रिया दिनुभएको छ ।चुनावी मैदानमा रहनु भएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले जित्नेमा ढुक्क भएको प्रतिक्रिया दिनु भएको छ भने अर्का प्रतिस्पर्धी पूर्व उपराष्ट्रपति जो बाइडेनले आफू विजयको बाटोमा रहेको उल्लेख गर्नु भएको छ ।

मतगणना भइरहेका बेला सामाजिक सञ्जालहरु मार्फत उहाँहरुले अन्तिम नतिजा आफ्नो पक्षमा पर्ने दाबी पनि गर्नु भएको छ ।

नेपालको समय अनुसार मंगलबार बेलुकादेखि शुरु भएको मतदान राती अबेर सम्पन्न भएको थियो भने बुधबार बिहानदेखि मतगणना शुरु भएको थियो ।

अहिले विभिन्न राज्यका मत गणनाका परिणामहरु आउने क्रम जारी छ । नयाँ प्रक्षेपणअनुसार महत्वपूर्ण मानिएको फ्लोरिडामा ट्रम्प विजयी हुनुभएको छ ।

कुल २९ इलेक्टोरल मत रहेको फ्लोरिडामा अघिल्लो निर्वाचनमा पनि ट्रम्पले नै जित्नु भएको थियो । त्यसअघि सन् २००८ र २०१२ को निर्वाचनमा भने डेमोक्र्याट तर्फका उम्मेदवार बाराक ओबामा विजयी हुनुभएको थियो ।

नेब्रास्कामा पनि ट्रम्पले नै जित्ने अनुमान गरिएको छ । त्यहाँ पाँच इलेक्टोरल मत मध्ये चार ट्रम्पलाई र एक वाइडेनलाई आउने देखिएको छ । यसअघि सबै ट्रम्पलाई नै गएकोमा अहिले बाइडेनले एक मत खोस्ने देखिएको हो ।

कुल १८ इलेक्टोरल मत रहेको ओहायो र ४ मत रहेको आइडहोमा ट्रम्पले जित्ने र १३ इलेक्टोरल मत रहेको भर्जिनियामा बाइडेनले जित्ने प्रक्षेपण गरिएको छ ।

यी सबै राज्यमा अघिल्लो निर्वाचनमा जस्तो नतिजा आएको थियो अहिले पनि उस्तै नतिजा आउने देखिएको छ ।

प्रत्यक्ष मतदान मंगलबार भएपनि सोमबारसम्म हुलाकबाट झण्डै नौ करोड अमेरिकी नागरिकले मतदान गरेको अधिकारीहरुले जनाएका छन् । अमेरिकामा हरेक निर्वाचनमा हुलाक मार्फत लाखौ मतदाताले मतदान गर्दछन् ।

सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा तीन करोड ३० लाख अमेरिकीले हुलाकमार्फत् मतदान गरेकोमा यस पटक कोरोनाभाइरस महामारीलाई लिएर झण्डै ९ करोडले हुलाकमार्फत् मतदान गरेका हुन् ।

हुलाक मार्फत पठाइएका मत आउने क्रममा रहेको र गणना गर्न समय लाग्ने भएकाले अन्तिम नतिजा आउन केही दिन लाग्न सक्ने बताइएको छ ।

अमेरिकामा इलेक्टोरल कलेज अर्थात निर्वाचक मण्डल प्रणालीअन्तर्गत राष्ट्रपतिको चयन गर्ने व्यवस्था रहेको छ । सबै राज्यलाई जनसङ्ख्याका आधारमा इलोक्टरल मत तोकिएको हुन्छ ।

यो प्रणालीअन्तर्गत निर्वाचक मण्डलमा कुल ५३८ मत हुन्छ । निर्वाचन जित्न उम्मेदवारले २७० मत जित्नु पर्दछ ।

अमेरिकामा रिपब्लिकनहरूलाई परम्परावादी र डेमोक्र्याटहरुलाई उदारवादी धारको रुपमा लिने गरिन्छ । परम्परावादी तर्फका ट्रम्प ७४ वर्ष र उदारवादी तर्फका बाइडेन ७८ वर्षका भएकाले अमेरिकाको जिम्मेबारी बुढा नेतालाई नै पर्ने भएको छ ।

बाइडेनले निकै सरल रूपमा चुनावी अभियान चलाउँदै ट्रम्पको कार्यकालमा भएका गल्ती र कोरोना भाइरस रोकथाम र नियन्त्रणमा भएका कमजोरीलाई आफ्नो प्रमुख चुनावी मुद्दा बनाउनु भएको थियो भने ट्रम्प आफूमाथि लागेको आरोपहरुको प्रतिरक्षा गर्दै आक्रामक रूपमा प्रस्तुत हुनु भएको थियो ।

चुनावी सर्वेक्षणहरुमा डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेनलाई नै अगाडि देखाइएको थियो भने ट्रम्पप्रति धेरैको असन्तुष्टि रहेको र भरोसा टुटेको दावी गरिएको थियो ।

अमेरिकी राष्ट्रपतिको काम कार्बाहीबाट अमेरिका र विदेशमा रहेका धेरै मानिसको जीवनमा प्रत्यक्ष असर पर्ने भएकाले यस निर्वाचनलाई महत्वका साथ हेर्ने गरिएको छ ।

सामान्य मतदाताले राज्यस्तरीय प्रतिस्पर्धाका लागि मतदान गर्ने गर्छन् र उनीहरुले छानेको व्यक्तिले राष्ट्रपति चयन गर्नेछन् ।

यही व्यवस्थाका कारण कतिपय बेला देशव्यापी रूपमा सबैभन्दा धेरै मत ल्याउने उम्मेदवार पनि इलेक्टोरल कलेजमा थोरै मत प्राप्त भएर पराजित हुने गरेका छन् ।

सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा पनि कुल मतदानमा हिलारी क्लिन्टनले धेरै पाएपनि इलेक्टोरल कलेजको मत डोनाल्ड ट्रम्पले धेरै पाएर उहाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । त्यसैगरी त्यति बेला अधिकांश सर्वेक्षण र सञ्चार माध्यमहरुले हिलारी नै विजयी हुने प्रक्षेपण गरेका थिए ।

अमेरिकामा हरेक चार चार वर्षमा नोभेम्बर ३ तारिखका दिन निर्वाचन हुने गर्दछ । त्यस निर्वाचनबाट निर्वाचित नयाँ राष्ट्रपतिले औपचारिक रूपमा जनवरीमा २० तारिखमा शपथ ग्रहण गर्दै ह्वाइट हाउस प्रवेश गर्ने परम्परा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group