पाल्पा, २४ मंसिर । प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेश (ख) का नेकपा (एमाले) का जिल्ला अध्यक्ष नारायण आचार्य विजयी हुनुभएको छ ।
आचार्यले १४ हजार ४६६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दानबहादुर पछाई नेपालले १० हजार ५०१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत शंकरराज बरालले जानकारी दिनुभयो ।
पाल्पा निर्वाचन क्षेत्र नं २ मा एमालेका सोमप्रसाद पाण्डेय र २ (क) र (ख) प्रदेशमा पनि वाम गठबन्धन उम्मेदवार विजयी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्