पर्सा, २४ मंसिर । पर्साको निर्वाचन क्षेत्र नं १ को (क) बाट संघीय समाजवादी फोरम नेपालका उम्मेदवार प्रदेशसभा सदस्यमा जनत अन्सारी विजयी हुनुभएको छ ।
अन्सारीले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार रामनारायण कुर्मीसँग एक हजार ४३२ मतको अन्तरले विजयी हुनुभएको हो ।
अन्सारीले आठ हजार ५९३ मत हासिल गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कुर्मीले सात हजार १६१ मत हासिल गर्नुभएको पर्साका मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्