काठमाडौं, २४ मंसिर । पर्साको निर्वाचन क्षेत्र नं ४ को (क) बाट प्रदेशसभा सदस्य पदमा नेपाली काँग्रेसका उम्मेदवार शंकर चौधरी विजयी हुनुभएको छ । चौधरीले आप्mना निकटतम प्रतिद्वन्द्वी एमालेका जयप्रकाश थारुलाई ४४८ मतको अन्तरले पराजित गर्नुभएको हो ।
अबेर राति सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार उम्मेदवार चौधरीले कूल सात हजार ४८८ मत हासिल गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी थारुले सात हजार ४० मत हासिल गर्नुभएको मुख्य निर्वाचन अधिकृत कर्णले जानकारी दिनुभयो ।
पर्साको निर्वाचन क्षेत्र नं २ को (क) बाट काँग्रेसका तेली विजयी
पर्साको निर्वाचन क्षेत्र नं २ को (क) बाट नेपाली काँग्रेसका राजेश्वरप्रसाद साह तेली विजयी हुनुभएको छ ।
आज बिहान सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार १० हजार २५९ मत हासिल गरी तेली विजयी हुनुभएको हो ।
तेलीका निकटतम प्रतिद्वन्द्वी यादवले कूल १० हजार ७९ मत हासिल गरेको निर्वाचन अधिकृत कर्णले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्