काठमाडौं, २४ मंसिर । प्रदेशसभा कास्की क्षेत्र नं ३ (ख) मा नेकपा (एमाले)का उम्मेदवार युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजीव पहारी निर्वाचित हुनुभएको छ । उहाँले १६ हजार १६७ मत पाउनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सिकन्दर गुरुङले १० हजार ८७६ मत पाउनुभएको थियो । क्षेत्र नं ३ (ख) मा ४६ हजार ५२४ मतदाता रहेकामा ३२ हजार ९८७ मतदाताले मतदान गर्नुभएको थियो । प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि उहाँले फेवातालको संरक्षण र विकास निर्माणमा आपूmले विशेष ध्यान दिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्