ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोरखाको निर्वाचन परिणाम, कसले कँहा जिते


admin
२४ मंसिर २०७४, आइतबार   ११ : ५६   बजे

गोरखा, २४ मंसिर।  नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई तेस्रो पटक प्रतिनिधिसभामा गोरखाबाट निर्वाचित हुनुभएको छ ।

नेपाली काँग्रेससँगको सहकार्यमा गोरखा–२ बाट साझा उम्मेदवार बन्नुभएका डा भट्टराईले वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठलाई पराजित गरी ह्याट्रिक गर्नुभयो ।

यही मंसिर १० गते भएको निर्वाचनको मतपरिणाम गए राति आएको हो । गोरखा–२ मा ६० हजार ११७ मत खसेकामा डा भट्टराईले ३१ हजार ८०७ र उहाँका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले २४ हजार ९३३ मत प्राप्त गर्नुभएको छ । डा भट्टराई र श्रेष्ठबीचको मतान्तर छ हजार ८७४ रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस क्षेत्रमा दुई हजार ६३८ मत बदर भएको थियो । डा भट्टराई विसं २०६४ र २०७० को संविधानसभा निर्वाचनमा क्रमशः गोरखा २ र १ बाट निर्वाचित हुनुभएको थियो । यस पटकको निर्वाचन प्रक्रिया शुरु भएदेखि गोरखा२ चर्चामा थियो र छ । माओवादीका पूर्वउपाध्यक्ष डा भट्टराई र श्रेष्ठ एकै क्षेत्रमा प्रतिस्पर्धामा उत्रिएपछि कडा टक्कर हुने अनुमान गरिए पनि भट्टराई फराकिलो मतान्तरले विजयी हुनुभएको छ । डा भट्टराईलाई निर्वाचित भएको प्रमाणपत्र दिइसकिएको छ ।

चीनकाजीलाई हराए हरिराजले 

गोरखा–१ मा नेपाली काँग्रेसबाट उम्मेदवार रहनुभएको केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठलाई भारी मतले नेकपा (माओवादी केन्द्र)का नेता हरिराज अधिकारीले पराजित गर्नुभएको छ । कुल ६३ हजार ६१९ मत खसेकामा अधिकारीले २९ हजार ८३० र श्रेष्ठले २६ हजार ९३३ मत प्राप्त गर्नुभएको छ ।

अधिकारीले तीन हजार २१७ मतान्तरले श्रेष्ठलाई पराजित गर्नुभयो । यहाँ चार हजार ३३५ मत बदर भएको थियो ।

चार प्रदेशमा चार दल निर्वाचित 

गोरखाका दुई प्रतिनिधिसभा क्षेत्रमध्ये वाम गठबन्धनले गोरखा– १ र लोकतान्त्रिक गठबन्धनले गोरखा–२ मा जितेका छन् । यस्तै चार दलका उम्मेदवारले चार प्रदेशसभामा एक स्थानमा विजयी हासिल गरेका छन् । गोरखा–१ का दुई प्रदेशसभा क्षेत्रमा वाम गठबन्धन तथा गोरखा २ का दुई क्षेत्रमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी बने ।
गोरखा १ प्रदेशसभा क्षेत्र (क) मा काँग्रेसका नेता धीरन थापालाई पराजित गर्दै माओवादी केन्द्रका नेता लेखबहादुर थापा विजयी हुनुभएको छ । यस्तै प्रदेश (ख) मा काँग्रेस नेता राजेन्द्र बजगार्इँलाई पराजित गर्दै नेकपा (एमाले)का केन्द्रीय सदस्य रामशरण बस्नेत विजयी हुनुभयो ।

गोरखा २ प्रदेशसभा क्षेत्र (क) मा नेकपा माओवादीकी नेत्री कमला नहर्कीलाई पराजित गर्दै नयाँ शक्तिका नेता हरिशरण आचार्य विजयी हुनुभयो भने (ख) प्रदेशमा नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वसभासद् अमर तमुलाई पराजित गर्दै काँग्रेसका नेता प्रकाशचन्द्र दवाडी विजयी हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

रास्वपालाई थप समावेशी बनाइँदै, चुनावी कार्यतालिका संशोधन

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउँदैन : सभापति लामिछाने

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group