ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुपन्देहीको निर्वाचन परिणाम, बामगठबन्धन बढी स्थानमा विजयी


admin
२४ मंसिर २०७४, आइतबार   १२ : २२   बजे

बुटवल, २४ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाका लागि दोस्रो चरणअन्तर्गत रुपन्देहीका सबै निर्वाचन क्षेत्रको परिणाम आज प्राप्त भएको छ ।
मतगणनाको पछिल्लो नतिजानुसार जिल्लाका चार क्षेत्रको प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना सकिएको हो । रुपन्देही क्षेत्र नं ४ को मतगणना पनि अन्तिम चरणमा रहेको र केही समयमै अन्तिम परिणाम सार्वजनिक हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभामा नेपाली काँग्रेसका प्रमोद यादव अगाडि हुनुहुन्छ भने उहाँलाई राष्ट्रिय जनता पार्टीका सर्वेन्द्रनाथ शुक्लले पछ्याइरहनुभएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको परिणामानुसार रुपन्देही क्षेत्र नं २ मा प्रतिनिधिसभामा वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहनुभएका नेकपा (एमाले)का उपमहासचिव तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल विजयी हुनुभएको छ ।

उहाँले नेपाली काँग्रेसका युवराज गिरीलाई २२ हजार ६६ मतको फराकिलो मतान्तरले पराजित गर्नुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको परिणामअनुसार नेता पौडेलले ४४ हजार नौ मत प्राप्त गर्नुभएको छ भने प्रतिद्वन्द्वी गिरीले २१ हजार ९४६ मत प्राप्त गर्नुभएको छ । सो निर्वाचन क्षेत्रमा रहेका एक लाख पाँच हजार २०६ मतदातामध्ये ७४ हजार ४०९ मत खसेको थियो ।

नवनिर्वाचित नेता पौडेलले यसअघि विसं २०७० मा तत्कालीन नेकपा (माओवादी)का वरिष्ठ नेता डा बाबुराम भट्टराईलाई झण्डै छ हजार मतान्तरले पराजित गर्नुभएको थियो । पटक पटक जनताबाट निर्वाचित पौडेलले यस क्षेत्रमा सो निर्वाचन क्षेत्रबाट २०६४ सालको संविधानसभाको निर्वाचनमा काँग्रेसका नेता सूर्यप्रसाद प्रधान(हाल स्वर्गीय)लाई पराजित गर्नुभएको थियो ।

यसै निर्वाचन क्षेत्रको प्रदेशसभातर्फ पनि एमालेले जीत हात पारेको छ । प्रदेशसभा (क) मा वाम गठबन्धनका तर्फबाट एमालेका केन्द्रीय सदस्य तथा रुपन्देही इञ्चार्ज लीला गिरी २१ हजार ७३४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका काजीमान श्रेष्ठले नौ हजार ७७८ मत प्राप्त गर्नुभएको छ ।

निर्वाचित नेता गिरी यस क्षेत्रमा इमान्दार र निष्ठाको राजनीति गर्ने व्यक्तिका रुपमा चिनिनुहुन्छ । यसैगरी प्रदेशसभा २ मा पनि वाम गठबन्धनका तर्फबाट एमालेका ५ नं प्रदेशका नेता तथा बुटवल नगरपालिका पूर्वप्रमुख भोजप्रसाद श्रेष्ठ २१ हजार १३५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष महेशमान सिंहले १२ हजार ५६५ मत प्राप्त गर्नुभएको छ ।

निर्वाचित श्रेष्ठ पनि विकासका योजनामा सफल व्यक्तित्वका रुपमा यस क्षेत्रमा परिचित हुनुहुन्छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकास्थित भैरहवा बहुमुखी क्याम्पसमा भइरहेको मतगणनामा क्षेत्र नं १ मा पनि संयुक्त वाम गठबन्धनका उम्मेदवार अगाडि हुनुहुन्छ ।

यस निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि एमालेका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री छविलाल विश्वकर्मा अगाडि हुनुहुन्छ । एक लाख १२ हजार १३० मतदाता रहेको सोे निर्वाचन क्षेत्रमा ८७ हजार १९ मत खसेको छ । उहाँलाई काँग्रेसका जिल्ला सभापति तथा वर्तमान राज्यमन्त्री अब्दुल राज्जाकले पछ्याउनुभएको छ ।

यस्तै प्रदेशसभातर्फ प्रदेश (क) मा ४४ हजार २३४ मत खसेकामा वाम गठबन्धनका तर्फबाट एमालेका डा कृष्ण न्यौपानेले १९ हजार ५२० मत प्राप्त गर्नुभएको छ भने राप्रपा (प्रजातान्त्रिक) का ताहिर अलि भाटले १३ हजार ७८ मत प्राप्त गर्नुभएको छ ।

यस्तै प्रदेशसभा (ख) मा माओवादी केन्द्र केन्द्रीय सचिवालय सदस्य दधिराम न्यौपाने १३ हजार ९४ मत प्राप्त गरेर निर्वाचित हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका हरि न्यौपानेले ११ हजार १०३ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी क्षेत्र नं ३ को प्रतिनिधिसभातर्फ एमालेका उपमहासचिव घनश्याम भुसाल चार हजार ५२८ मतको अन्तरले विजयी हुनुभएको छ । नेता भुसालले २९ हजार ६०१ र उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राप्रपाका वरिष्ठ उपाध्यक्ष तथा स्वास्थ्यमन्त्री दीपक बोहराले २५ हजार ७३ मत प्राप्त गर्नुभएको छ । यस निर्वाचन क्षेत्रअन्तर्गतको प्रदेशसभाको मतगणना अन्तिम परिणाममा प्रदेश (क)मा संघीय समाजवादी फोरम नेपालका सन्तोष पाण्डे र (ख) मा एमालेका तुल्सी चौधरी निर्वाचित हुनुभएको छ ।

क्षेत्र नं ५ मा प्रतिनिधिसभातर्फ काँग्रेस विजयी भएको छ । सो निर्वाचन क्षेत्रमा काँग्रेसका नेता भरतकुमार शाह ३३ हजार ८८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नेता डिलाराम आचार्यले २० हजार ४३८ मत प्राप्त गर्नुभएको छ । एक लाख छ हजार १५३ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा ७९ हजार ४९६ मत खसेकामा पाँच हजार २३७ मत बदर भएको सहायक निर्वाचन अधिकृत नुमराज खनालले जानकारी दिनुभयो ।

सो निर्वाचन क्षेत्रमा प्रदेशसभा (क) मा ४५ हजार ९१५ मत खसेकामा एमालेका भूमीश्वर ढकाल २२ हजार २५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विष्णु पोखरेलले १५ हजार ४१६ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा एक हजार ७६१ मत बदर भएको खनालले जानकारी दिनुभयो ।

यस्तै प्रदेशसभा (ख) मा काँग्रेसका फकरुद्दिन खाँ १६ हजार ६८३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वीसमाजवादी फोरमकी रामावती पासवानले नौ हजार २५० मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा ३३ हजार ६०८ मत रहेकामा दुईी हजार ५०८ मत बदर भएको छ ।

निर्वाचनको परिणाम घोषणासँग निर्वाचित उम्मेदवारका दलका समर्थकले विजय उत्सव मनाउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu