लहान, २४ मंसिर । सिरहा प्रदेशसभा क्षेत्र नं १ (क) मा नेकपा(एमाले)का लगनलाल चौधरी ११ हजार ५४२ मतसहित विजयी हुनुभएको छ ।
आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सन्तोष चौधरीलाई ८४३ मत अन्तरले पराजित गर्दै उहाँ विजयी हुनुभएकोे हो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सन्तोष चौधरीले १० हजार ६९९ मत ल्याउनुभएको छ । राप्रपाका पुराना र प्रभावशाली नेताका रुपमा परिचित चौधरी उम्मेदवारी मनोनयन दर्ता गराउनुअघि मात्र एमालेमा प्रवेश गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्