काठमाडौं, २ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीबीच मंगलबार भेटवार्ता भएको छ ।
राष्ट्रपतिलाई भेट्न प्रचण्ड प्रचण्ड साँझ साढे ५ बजे शीतल निवास पुग्नु भएका प्रचण्डले त्यहाँ करिब दुई घण्टा बिताएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । प्रचण्डसँगको भेटमा पनि राष्ट्रपति भण्डारीले मुलुकको समसामयिक विषयका साथै नेकपाभित्रको बढ्दो विवादका बारेमा छलफल गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले अध्यक्ष प्रचण्डसँगको कुराकानीमा पार्टी विभाजन भए प्राप्त उपलव्धिहरु पनि गुम्ने अवस्था आउनसक्ने भन्दै मिलेर जान सुझाव दिनुभएको छ ।
‘अध्यक्ष प्रचण्डसँगको करिव २ घण्टाको भेटवार्तामा राष्ट्रपति भण्डारीले सत्तारुढ दलमा बढेको विवादप्रति जिज्ञासा र चासो राख्नु स्वभाविक हो । अध्यक्ष प्रचण्डसँग पनि सोही विषयमा कुराकानी भएको हो’, शीतलनिवास स्रोतले भन्यो, ‘यस्तो बेलामा राष्ट्रपतिको प्रयास भनेको समझदारी निर्माण गर्ने कुरामै हुन्छ सोही अनुसार प्रचण्डसँग पनि भेटवार्ता भएको हो ।’
प्रतिक्रिया दिनुहोस्