पर्सा, २४ मंसिर । निर्वाचन क्षेत्र नं २ (क)बाट नेपाली काँग्रेसका राजेश्वरप्रसाद साह तेली विजयी हुनुभएको छ ।
आज बिहान सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार १० हजार २५९ मत हासिल गरी तेली विजयी हुनुभएको हो ।
तेलीले आप्mना निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका रामनरेश यादवभन्दा १५० मत बढी ल्याई विजयी भएको पर्साका मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जानकारी दिनुभयो । तेलीका निकटतम प्रतिद्वन्दी यादवले १० हजार ७९ मत हासिल गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्