काठमाडौं, ३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाउनु भएको छ। एक मन्त्रीले आज बुधबार मन्त्रिपरिषद बैठक बस्ने खबर आएको बताउनुभयो ।
सातामा सोमबार र बिहीबार मन्त्रिपरिषद बैठक बस्ने गरेको छ। यसपटक सोमबार तिहार परेकोले आज बस्ने तय भएको स्रोतले जनाएको छ । आजै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको पनि सचिवालय बैठक बस्दैछ। दिउँसो १ बजे नेकपा बैठक बस्ने भनिएका बेला प्रधानमन्त्री ओलीले त्यही समय मिल्ने गरी मन्त्रिपरिषद बैठक राख्नु भएको हो । नेकपाभित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पछिल्लो समय सम्बन्ध चिसिएको छ।
प्रतिक्रिया दिनुहोस्