काठमाडौं, १३ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालको प्यानलले जितको खाता खोलेको छ ।
ढकाल समूहका तर्फबाट उम्मेदवार रहेका संस्थापक संघ तर्फका दामु अधिकारी सदस्यमा विजयी हुनुभएको हो । दामुले ७ मत ल्याएर विजयी हुनु भएको छ भने उनका निकटतम् प्रतिद्वन्द्वी उत्तमलाल चुकेले ५ मत प्राप्त गर्नुभएको छ । निर्वाचन समितिका अनुसार यो निर्वाचनमा शतप्रतिशत मत खसेको छ । जिल्ला नगर, वस्तुगत र एसोसियटतर्फका सबै मतदाताले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत उपेन्द्र केसरी न्यौपानेले जानकारी दिनुभयो । बिहान आठ बजेदेखि भएको मतदान अपररान्ह ४ बजे सकिएपछि मतगणना सुरु भ्एको हो ।
महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी मैदानमा छन् ।
प्रतिक्रिया दिनुहोस्