ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ईज्जत बचाउन बुबाले गराए आफ्नै छोरीको हत्या


एबीसी / संवाददाता
१४ मंसिर २०७७, आइतबार   ६ : ११   बजे

रुपेन्द्र पटेल / रौतहट,१४ मंसिर । अर्को केटा संग प्रेम सम्बन्धका कारण बाबु आमाको ईज्जत जाने भएपछि आफ्नै बाबुले सुपारी दिएर छोरीको हत्या गरेको पाईएको छ ।

रौतहटको माधवनारायण नगरपालिकामा आफ्नै बुवाआमाले १७ बर्षिया विवाहिता छोरीको हत्या गराउन लाखौं रुपैया खर्च गरेको रहस्य खुलेको छ । माधवनारायण नगरपालिका वडा नम्वर ७ लौकाहाका रामअयोध्या साहले आफ्नै छोरी १७ बर्षिया विवाहिता छोरी अमृता कुमारी साहको हत्या गराउन २ लाख ५० हजार खर्च गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

सुतिरहेको अवस्थामा अमृताको दाहिने कन्चटमा गोली हानेर २६ कार्तिकमा हत्या भएको थियो । अमृता हत्याकाण्डको अनुसन्धान गरिरहेको रौतहट प्रहरीले घटनामा अभिभावकहरुकै सँलग्नता रहेको अनुसन्धानले देखाएको जनाएको छ ।

प्रेम सम्बन्धका कारण भएको हत्याकाण्ड पछि प्रहरीले मृतक अमृताको बाबु रामअयोध्या साह, आमा सिता देवी साह, परोहा ४ का छोटेलाल साह, देवाही गोनाही २ लक्ष्मिनीयाका शेख अलियास, इस्लाम अंसारी र शेख इम्तयाजलाई पक्राउ गरेको छ ।

मृतक अमृताको आफ्नै गाउका थारु भनिने सोसिन्द्र भगत सँग प्रेम सम्बन्ध रहेको थियो । जात नमिल्ने केटा सँग प्रेम गरेको भन्दै अमृताको २०७६ फागुन २५ गते सर्लाही विष्णुपुर गाउँपालिकाको मधुवन गोठका सोहन भन्ने रुपेश साह संग अभिभावकले विवाह गराइ दिएका थिए । बिहे पछि पतिको घर पुगेको चौथो दिननै अमृताका श्रीमान रुपेश माथि धारिलो चक्कु प्रहार भएको थियो । चक्कु प्रहारबाट गम्भीर घाईते भएका रुपेशले तिन महिनाको उपचार पछि २०७७ साउन २५ गते जिल्ला अदालत मलंगवाबाट श्रीमति सँगको सम्बन्ध विच्छेद गराएका थिए । पत्नीको अरु केटा सँगनै सम्बन्ध रहेको थाहा पाएका रुपेशले सम्बन्ध विच्छेद पछि आफूलाई आक्रमण गर्ने सोसिन्द्र र श्रीमती अमृता समेतलाई ज्यान मार्ने उद्योग अन्र्तगत मुद्दा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा दर्ता गराएका थिए । जात नमिल्ने केटासग प्रेम सम्बन्धको बारेमा थाहा पाएको परिवारजनले अमृताको विवाह सर्लाहीमा गराए ।

तर श्रीमान माथिनै आक्रमण भए पछि अमृताका श्रीमान रुपेशले सम्बन्ध विच्छेद गरेर श्रीमती अमृता र उनका प्रेमी सोसिन्द्र पासवान माथि ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गराएको रौतहटका एसपी सिद्धी बिक्रम शाहले बताउनुभयो । अमृता र सोसिन्द्रको सम्बन्ध परिवारजनलाई स्वीकार थिएन । ज्वाईले सम्बन्ध विच्छेद गरेर छोरीमाथि नै मुद्दा गरे पछि छोरी पक्राउ पर्दा इज्ज्त जाने डर, प्रेमी सोसिन्द्रसँग भागेर जाने डर, घरमै राख्दा पनि गाउलेले प्रेमीको कारण श्रीमानले छोडेको भनेर कुरा सुनाउने गरेको र अपहेलित हुने कारणले बुबा रामअयोध्या र मृतक अमृताको भिनाजु देवाही गोनाही २ का लक्ष्मण साहले हत्या गराउने निर्णय गरे । छोरी अृमतालाई मार्न बुबाले पहिलो पटक परोहा ४ का छोटेलाल साहलाई १ लाख ५० हजार रुपैंया दिए । हत्या गर्ने सुपारी लिएका छोटेलालले अमृतालाई भारतमा लगेर हत्या गर्ने शर्त राखेका थिए ।

योजना अनुरुप कार्तिक ९ गते महानवमिका दिन अमृतालाई उपचारको बहानामा भारत लग्ने र उतै मार्ने कुरा भारतको बिहारमा भइरहेको निर्वाचनले गर्दा असफल भयो र अमृता पुनः घर आइन । पहिलो प्रयास असफल भए पछि पुनः बुबा राम अयोध्याले छोरी मार्न देवाही गोनाही २ करुनीयाका कैमुल देवानलाई १ लाख रुपैंया दिए । दोश्रो पटक पैसा दिए पछि २६ कार्तिकमा राति कैमुल देवानले बहुदल भन्ने इस्लाम अंसारी, शेख अलियास र शेख इम्ताजलाई सँगै लग्छन जसमध्ये कैमुल र बहुदलले अमृतालाई घर भित्रै गोली हान्छन भने अलियास र इम्ताजले आमा सिता देवीलाई घर पछाडी नियन्त्रणमा राख्छन । मृतक अमृताकी आमा सीतालाई छोरी मार्ने कुराको सबै जानकारी रहेको प्रहरी अनुसन्धानले देखाएको छ । पति राम अयोध्याले पत्नी सीता देवीलाई आफू वा छोरी मध्ये एक जना रोज्न लगाएको देखिन्छ ।

उपरिक्षक शाहले भने छोरीको कारण बदनाम भएर नबाच्ने भन्दै आफू झुण्डीएर मर्ने वा छोरीलाई मार्ने यी दुई मध्ये एक उपाय रोज्न सीता देवीलाई श्रीमानले बाध्य बनाएको देखिन्छ । योजना अनुरुपनै २६ कार्तिकको राति आमा सीता देवीले छोरी अमृतालाई आफू सँग सुत्न लगाएको र राति ढोका खुल्ला राखेकी थिइन ।

हत्या गर्न आएका कैमुल देवान सहितका चार जना मध्ये दुई जनाले आमा सीता देवीलाई घर पछाडी लगेर राखेको र कोठा भित्र दुई जनाले अमृतालाई गोली हानेको अपराध अभियुक्तहरुले स्वीकार गरेको उपरिक्षक शाहले बताउनुभयो । कुनै फिल्मी कथा जस्तो लाग्ने यस घटनाका अर्का अभियुक्त कैमुल देवानलाई आइतवार दिउँसो सर्लाही बाट पक्राउ गरेको उपरिक्षक शाहले जानकारी दिनुभयो । घटनाको आरोपमा सात जनालाई पक्राउ गरि रौतहट जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको उहाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१० दिनपछि चमत्कार : सञ्जयले भने– ‘सुरुङभित्र सबै सकुशल छन्’

फेवातालमा भारतीय नम्बर प्लेटको कार खस्यो, दुई जनाको मृत्यु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

White House Arcade Games Spark Criticism Over Policy Priorities

OpenAI Unveils GPT-6 Astra Amid Heightened AI Safety Scrutiny

Shree Krishna Janmastami Celebrations Unfold Across Nepal with Devotion and Tradition

Two Workers Rescued Alive After Flash Flood Traps Them in Nepal’s Trishuli 3A Tunnel

BICC Faces Decline as Locals Push for Heritage Restoration

एबीसी न्युजको १९ औं वार्षिकोत्सव : समय बदलियो, माध्यम बदलियो, एबीसीको विश्वास बदलिएन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu