रौतहट १६ मंसिर । पछिल्लो समय रौतहटमा सुरु भएको हत्या हिंसा र अपराधको शृङ्खला झन्झन् बढ्दै गएको छ । जिल्लामा एकपछि अर्को हत्याको घटना बढदै गएको छ । गएराती फेरि एक जना दलित युवकको हत्या भएको हो ।
जिल्लाको बृन्दाबन नगरपालिका वडा नं—३ का १९ बर्षिय रबि राम चमारले गएराती सामान्य बिवादमा सोही वडाका १८ बर्षिय नन्दकिशोर राम चमारलाई पेटमा छुरा प्रहार गरेका छन् । छुरा प्रहार बाट गम्भीर घाइते नन्दकिशोरको उपचारको क्रममा रातिनै चन्द्रपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना लगत्तै डिएसपी रबि रावलको नेतृत्वमा ईलाका प्रहरी कार्यालय गरुडाबाट गएको टोलिले आरोपी रबिराम चमार, उसको बुबा लक्षमी राम चमार र बिधालाल चमारलाई नियन्त्रणमा लिएको हो ।
प्रहार भएको छुरा समेत प्रहरीले नियन्त्रणमा लिएको रौतहट प्रहरी प्रमुख एसपी सिद्धी बिक्रम शाहले जानकारी दिनुभयो । गएराती नन्दकिशोर राम बाटोमा हिड्ने क्रममा एकजना महिलाको खुट्टामा ठोकिन जांदा बिवाद सुरु भएको थियो । भनाभन र सामान्य हात हालाहाल हुंद आरोपि रबिराम चमार अचानक तरकारी काट्ने छुरा ल्याएर नन्दकिशोर राम चमारको पेटमा प्रहार गरेको प्रत्यक्षदर्शी स्थानियहरुले बताउनुभयो । यसअघि हिजो मात्र माधव नारायण नगरपालिकाका दलित दशैंरामको हत्याको घटना सुल्झिन नपाउंदै आज यस्तो घटना दोहरिएको छ ।
प्रतिक्रिया दिनुहोस्