ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल र चीनले जसरी सहकार्य गरे कोरोनालाई हराउन सकिन्छ : चिनियाँ प्रवक्ता


एबीसी / संवाददाता
२४ मंसिर २०७७, बुधबार   ८ : १५   बजे

काठमाडौं, २४ मंसिर ।   चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजानले नेपाल र चीनले जसरी अरु देशले पनि सहकार्य गरे कोरोना भाइरसलाई हराउन सक्ने बताएका छन् ।

मङ्गलबार नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको उचाइ सार्वजनिक गरेको भोलिपल्ट विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवत्ता झाओ लिजानले यस्तो बताएका हुन् ।

‘कोभिड–१९ अझै पनि विश्वमा कहरको रुपमा छ, नेपाल–चीनको जस्तो सहकार्य गर्ने हो भने हामी भाइरसलाई पराजित गर्न सक्छौँ ।’ पत्रकारले ‘सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्नुको महत्त्व के हो भनेर सोधेको प्रश्नमा प्रवक्ताले भने, ‘कोरोना महामारीका बीच यो शुभ समाचारले संसारका लागि आशा ल्याएको छ । सगरमाथाको नयाँ उचाइ चीन–नेपाल सम्बन्धमा कोशेढुङ्गा साबित भएको छ । यसले चीन–नेपालको नयाँ उचाइलाई पनि दर्शाउँछ ।’

उनले सगरमाथाको नयाँ उचाइ सबै वाधाविरुद्ध गएको एक वर्षमा दुवै पक्षका टिमको सहयोग र कडा मेहनतको परिणाम भएको बताए । उनले भनेका छन्, ‘म उनीहरुलाई धन्यवाद दिन चाहन्छु । चिनियाँ पक्ष हिमालको पारिस्थितिक र पर्यावरणको संरक्षण र वैज्ञानिक अनुसन्धानमा नेपाललाई सहयोग गर्न तयार छ ।’ मङ्गलबार सार्वजनिक भएको तथ्याङ्क अनुसार सगरमाथाको नयाँ उचाइ ८८४८ दशमलव ८६ मिटर छ

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu