ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १,२८७ पुग्यो


ABC NEWS
१९ भदौ २०८३, शुक्रबार   २ : ४५   बजे

काठमाडौं । भोटेकोसी बाढी तथा त्यससँग सम्बन्धित विपद्मा परी ज्यान गुमाएका १ हजार २ सय ८७ जनाको शव फेला परेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार मध्याह्नसम्म फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा ३ सय ५९रहेका छन्। तर, तीमध्ये हालसम्म ९६ जनाको मात्रै सनाखत भएको छ।

प्राधिकरणको विवरणअनुसार नवलपरासी पूर्वमा २ सय १९, नवलपरासी पश्चिममा २ सय १२, नुवाकोटमा १ सय ८४, रसुवामा १ सय ४०, गोरखामा ७२, धादिङमा ६३ र तनहुँमा ३८ जनाको शव फेला परेको छ।

विपद्का क्रममा हालसम्म ५ हजार ३ सय ९७ जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पताल तथा नेपाली सेना र सशस्त्र प्रहरी बलका स्वास्थ्यकर्मीमार्फत उपचार भइरहेको प्राधिकरणले जनाएको छ।

५ हजारभन्दा बढी अझै सम्पर्कविहीन

सुरक्षा निकायले उद्धार कार्यलाई तीव्रता दिँदै हालसम्म १३ हजार ९३ जनालाई सुरक्षित स्थानमा पुर्‍याएको छ।

शुक्रबार मात्रै माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको जीवितै उद्धार गरिएको छ।

तर, अझै ५ हजार ८३ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। तीमध्ये ५ सय ८३ जना विदेशी नागरिक छन्।

सम्पर्कविहीनमध्ये रसुवाका २ हजार १ सय ३० र नुवाकोटका २ हजार ३ सय ४० जना रहेका छन्। फेला परेका तर पहिचान हुन नसकेका शवसमेत सम्पर्कविहीनको संख्यामा समावेश भएको हुनसक्ने प्राधिकरणको अनुमान छ।

२१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालित

विपद् व्यवस्थापन तथा उद्धारका लागि देशभर २१ हजार ४ सय २१ सुरक्षाकर्मी परिचालन गरिएको छ।

जसमध्ये नेपाली सेनाका ९ हजार २ सय ८७, नेपाल प्रहरीका ७ हजार ९ सय ३१ र सशस्त्र प्रहरी बलका ४ हजार २ सय ३ जना छन्।

उद्धार तथा राहतका लागि नेपाली सेनाले हालसम्म ८ सय ३० पटक र निजी क्षेत्रले १ सय २९ पटक हेलिकप्टर उडान गरेका छन्। हेलिकप्टरमार्फत उद्धार गरिएकामध्ये ३ सय ३ जना विदेशी नागरिक रहेको प्राधिकरणले जनाएको छ।

७ हजारभन्दा बढी घरमा क्षति

प्रारम्भिक मूल्यांकनअनुसार बाढी तथा विपद्बाट ७ हजार ५ सय ७० निजी घरमा क्षति पुगेको छ। त्यस्तै ४८ सरकारी संरचना, १८ विद्यालय र ७ स्वास्थ्य संस्थामा पूर्ण तथा आंशिक क्षति भएको छ।

यातायात पूर्वाधारतर्फ ५५ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। ३७ वटा मोटरेबल पुल र ६८ वटा झोलुङ्गे पुलमा समेत क्षति पुगेको छ।

प्रारम्भिक अनुमानअनुसार विपद्बाट भएको कुल आर्थिक क्षति तथा नोक्सानी ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ। शीघ्र पुनर्लाभका लागि मात्रै ७ अर्ब १५ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको प्राधिकरणले जनाएको छ।

राहत ढुवानी तीव्र

प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउने कामलाई सरकारले प्राथमिकता दिएको छ।

काठमाडौंबाट ६९ ट्रक र ३८ बोलेरोमार्फत खाद्यान्न तथा गैरखाद्यान्न सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ। सशस्त्र प्रहरीले १६३ हवाई उडानमार्फत नुवाकोट र रसुवामा राहत सामग्री पुर्‍याएको जनाएको छ।

सरकारले रसुवा र नुवाकोटलाई १/१ करोड रुपैयाँ, धादिङलाई ५० लाख रुपैयाँ तथा प्रभावित १५ स्थानीय तहलाई १३ करोड ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ।

बाढीका कारण अवरुद्ध सञ्चार सेवा पनि क्रमशः सञ्चालनमा आउन थालेका छन्।

नेपाल टेलिकमका १२० मध्ये ११६ वटा टावर र एनसेलका ७८ मध्ये ७५ वटा टावर सञ्चालनमा आइसकेका छन्।

प्राधिकरणले सम्पर्कविहीन विदेशी नागरिक तथा उद्धार गरिएका व्यक्तिहरूको विस्तृत विवरण आफ्नो आधिकारिक वेबसाइट तथा फेसबुक पेजमार्फत सार्वजनिक गरिएको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारी कोषलाई राहत चाहिएको होइन, पीडितलाई हो : ओली

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा पुनः शव फेला

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सार्वजनिक पदाधिकारीले पाएका उपहार सार्वजनिक गर्न सर्वोच्चको आदेश

नेपाललाई हिमताल जोखिम र मौसमसम्बन्धी सूचना उपलब्ध गराउने चीनको प्रतिबद्धता

ईयू पनि अमेरिकाको ‘अपरेसन इकोनोमिक आउटकास्ट’मा, इरानमाथि आर्थिक दबाब थपिँदै

इंग्ल्यान्डविरुद्ध टी–२० शृंखलाबाट कुशल मेन्डिस बाहिर

बाढीले बगाएका पुलमा बेलिब्रिज राख्दै सडक विभाग, वेत्रावती र त्रिशूलीमा अझै चुनौती

सरकारी कोषलाई राहत चाहिएको होइन, पीडितलाई हो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu