ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इंग्ल्यान्डविरुद्ध टी–२० शृंखलाबाट कुशल मेन्डिस बाहिर


ABC NEWS
१९ भदौ २०८३, शुक्रबार   ३ : १५   बजे

काठमाडौं । श्रीलंकाका कप्तान कुशल मेन्डिसले इंग्ल्यान्डविरुद्धको आगामी तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखला गुमाउने भएका छन् ।

श्रीलंका क्रिकेटका अनुसार मेन्डिस दायाँ ह्यामस्ट्रिङको चोटबाट पुनरागमनका लागि उपचार तथा पुनर्स्थापना प्रक्रियामा रहेकाले टी–२० शृंखलामा उपलब्ध हुने छैनन् । उनको अनुपस्थितिमा उपकप्तान चरिथ अस्लंकाले श्रीलंकाको कप्तानी सम्हाल्नेछन् ।

यसैगरी तीव्र गतिका बलर बिनुरा फर्नान्डो पनि शृंखलाबाट बाहिरिएका छन् । उनी ढाडको चोटबाट निको हुने क्रममा छन् । फर्नान्डोको स्थानमा दिलशान मदुशंकालाई टोलीमा समावेश गरिएको छ भने मेन्डिसको स्थानमा पवन रथनायकेलाई राखिएको छ ।

इंग्ल्यान्ड र श्रीलंकाबीचको तीन खेलको टी–२० शृंखला सेप्टेम्बर १५ देखि १९ सम्म हुनेछ । पहिलो खेल साउथह्याम्पटनमा सेप्टेम्बर १५, दोस्रो कार्डिफमा सेप्टेम्बर १७ र तेस्रो खेल म्यानचेस्टरमा सेप्टेम्बर १९ मा हुनेछ ।

टी–२० पछि दुई टोलीबीच तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला पनि हुनेछ । एकदिवसीय टोलीमा भने मेन्डिसलाई समावेश गरिएको छ । त्यसैले उनको फिटनेसका आधारमा उनले ओडीआई शृंखला खेल्ने वा नखेल्ने टुंगो लाग्नेछ ।

एकदिवसीय शृंखलाका खेलहरू सेप्टेम्बर २२, २४ र २७ मा हुनेछन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिशूलीले बगाएको बस्तीमा फर्किने आशा : ‘हामी फेरि उठ्नेछौँ, हामी फेरि बनाउनेछौँ’

कृष्णभीरमा सडकको ट्रयाक खोल्न थालियो

सम्बन्धित

नेपाल भलिबल लिगको पहिलो संस्करण आजदेखि

ढोरपाटनकी मिना सुनारले जितिन् ‘पिपुल्स च्वाइस अवार्ड’

मलेसियालाई ६ विकेटले हराउँदै नेपाल लगातार दोस्रो जितसँगै शीर्षस्थानमा

मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनल नजिक

खप्तड फाल्कोन्सले ब्राजिलियन सेटर नेटोलाई अनुबन्ध गर्‍यो

मलेसियाले नेपाललाई दियो १०४ रनको लक्ष्य

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu