काठमाडौँ, २५ मंसिर । काठमाडौँ निर्वाचन क्षेत्र नं ६ को दुबै प्रदेशसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ ।
सो क्षेत्रको प्रदेश ‘क’ बाट क्रमशः केशव स्थापित र प्रदेश ‘ख’ बाट योगेन्द्रराज संग्रौला विजयी हुनुभएको छ ।
उहाँहरु दुबै नेकपा (एमाले) का उम्मेदवार हुनुहुन्छ । स्थापितले आठ हजार २२ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार न्हुच्छेबहादुर डंगोलले पाँच हजार १४९ मत प्राप्त गर्नुभएको छ ।
संग्रौलाले १२ हजार ८१२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विष्णुभक्त तिमल्सिनाले सात हजार ९१४ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयका सहायक अधिकृत मेघनाथ उप्रतीले जानकारी दिनुभयो ।
यसअघि सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा काँग्रेसका भीमसेनदास प्रधान निर्वाचित भइसक्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्