ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महोत्तरीका निर्वाचित उमेद्वारहरु


admin
२५ मंसिर २०७४, सोमबार   २ : ४८   बजे

गौशाला, २५ मंसिर ।  महोत्तरी जिल्लाको क्षेत्र नं ४ को प्रदेशसभा ‘क’मा संघीय समाजवादी फोरम नेपालका कौशलकुमार यादव विजयी हुनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार संघीय समाजवादी फोरम नेपालका नेता कौशलकुमार यादवले नौ हजार २७७ मत ल्याएर विजयी हुनुभएको हो ।

त्यस्तै उहाँका निकटत्तम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गोखुल राय यादवले नौ हजार ३९३ मत ल्याउनुभएको हो । यस क्षेत्रको प्रतिनिधिसभा र प्रदेशसभा ‘ख’ को मतगणना अझै जारी रहेको छ ।
यसैगरी महोत्तरी जिल्लाको क्षेत्र नं ३ को प्रदेशसभा ‘क’ र ‘ख’ दुबैमा राजपा नेपालले विजयी हासिल गरेको छ ।

मुख्य निर्वाचन अधिकृत व्रजेश प्याकुरेलका अनुसार महोत्तरी जिल्ला निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा ‘क’ मा राजपा नेपालका अभिराम शर्माले ९,११७ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का रामआधार कापरले ५,५०९ ल्यानुभएको छ ।

त्यस्तै प्रदेशसभा ‘ख’ मा पनि राजपा नेपालकै रानीकुमारी तिवारीले ७,४३० मत ल्याएर विजयी हुनुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सुरेश साह सोनारले ५,५९८ मत ल्याउनुभएको छ ।

यसअघि गएराति करिब ७ बजे (यस क्षेत्र) निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा राजपा नेपालका संयाजक महन्थ ठाकुरले २७ हजार पाँच मत ल्याएर विजयी हुनुभएको छ ।

महोत्तरी जिल्ला क्षेत्र नं २ मा राजपा नेपालको प्यानल विजयी भएको छ ।
प्रतिनिधिसभा क्षेत्र नं २ मा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य नेता शरतसिंह भण्डारीले ३० हजार ७२२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी किरण यादवले १३ हजार ९७४ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै क्षेत्र नं २ को प्रदेश सभा (क) मा राजपा नेपालकै जयनुल राइनले
१४ हजार ५५६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुशीलकुमार यादवले छ हजार ४७८ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी क्षेत्र नं २ को प्रदेशसभा (ख) मा पनि राजपा नेपालकै सुरिताकुमारी साह १५ हजार ४४० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकै राजकरणप्रसाद साह सुडीले छ हजार ४९७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

रास्वपालाई थप समावेशी बनाइँदै, चुनावी कार्यतालिका संशोधन

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउँदैन : सभापति लामिछाने

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group