काठमाडौं, ३० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बोलाएका छन् । बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको छ । सो बैठकअघि ‘आकस्मिक’ रुपमा मन्त्रिपरिषद बैठक बस्न लागेको एक मन्त्रीले बताउनुभयो ।
पार्टी भित्र विवाद कायमै रहेको बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले संवैधानिक परिषद्को बैठक आव्हान गनुभएको छ । आइतवार बस्ने भनिएको बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित रहने जानकारीपछि बैठक आज बिहानका लागि सारिएको हो । संवैधानिक नियुक्तिबारे प्रधानमन्त्री ओलीको सभापति देउवासँग छलफल भएपछि उहा बैठकमा सहभागी हुने बताइएको छ।
नेकपामा संवैधानिक नियुक्तका बिषयमा पनि विवाद छ । पार्टीभित्र छलफल गरेर संवैधानिक नियुक्ति गर्नुपर्ने सचिवालय र स्थायी समितिका नेताहरुको धारणा छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायत आयोगहरुमा ४५ पद रिक्त छन् । आजको मन्त्रिपरिषद बैठकले अन्य नीतिगत निर्णयहरु समेत लिने एजेण्डा रहेको स्रोतले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्