काठमाडौं, २५ मंसिर ।बारा क्षेत्र नं १ प्रदेश ‘ख’ मा राजपा–फोरम गठबन्धनका सरोज यादव विजयी हुनुभएको छ । राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष यादव १४ हजार २६९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भागवतप्रसाद साहले आठ हजार १२६ मत प्राप्त गर्नुभएको निर्वाचन क्षेत्र नं १ का निर्वाचन अधिकृत गोविन्दप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
क्षेत्र नं ४ प्रदेश ‘ख’ मा राजपाका महामन्त्री जितेन्द्र सोनार १३ हजार ११८ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उमेश कुशवाहले पाँच हजार ८९७ मत प्राप्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्