ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटकीयस्थलमा डेढ करोड लगानी गरेर पूर्वाधार निर्माण


admin
२५ मंसिर २०७४, सोमबार   ४ : १८   बजे

म्याग्दी, २५ मंसिर ।  अन्नपूर्ण गाउँपालिका–५ को खोप्रा र खयरबाराही क्षेत्रको पर्यटकीय क्षेत्रको विकासका लागि स्थानीय बासिन्दाले रु एक करोड ५० लाखभन्दा बढी खर्च गरेर पूर्वाधार निर्माण गरेका छन् ।

पर्यटकीय र धार्मिक हिसाबले प्रशस्त सम्भावना भएर पनि ओझेलमा परेको खोप्रा र खयरको विकासका लागि स्थानीयवासीले पूर्वाधार निर्माण गरेका हुन् । उनीहरुले पाउद्वार गाउँदेखि खोप्रा लेकहुँदै खयरसम्म पुग्ने पदमार्ग, विश्रामस्थल र सामुदायिक होटल निर्माण गरेका छन् ।

(म्याग्दीको खयरबाराही)

खयर तालको अवलोकन र खयर बारहीको पूजापाठका लागि जाने पर्यटक तथा भक्तजनको सुविधाको लागि थानको पुनःनिर्माणसहित व्यवस्थित पदमार्ग र विश्रामस्थललगायतका भौतिक पूर्वाधार निर्माण गरिएको खयरभारानी थान तथा क्षेत्र संरक्षण कोषका संयोजक राजु पुनले बताउनुभयो ।

खयरबाराही अन्नपूर्ण हिमालको पूर्वी मोहोडाको फेदीमा समुद्री सतहदेखि चार हजार ६३० मिटरको उचाइमा अवस्थित छ । जनैपूर्णिमाको अवसरमा सो स्थानमा पूजाआजा र भाकल गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ ।

चन्दा संकलन र श्रमदानबाटै खोप्रादेखि खयरबाराही थानसम्म पदमार्ग, चौतारीलगायत पूर्वाधार निर्माण गरिएको छ । खयर क्षेत्रमा पूर्वाधार निर्माणको लागि अभियान थालिएको ६ वर्षमा रु एक करोड १५ लाखभन्दा बढीको पूर्वाधार निर्माण गरिएको अभियन्ता पुनले बताउनुभयो ।

खयरबाराही थानको पुनःनिर्माणमा रु ३५ लाख लगानी भएको छ । यस क्षेत्रको दर्शन तथा भम्रणमा जाने भक्तजन र पर्यटकलाई लक्षित गरी खोप्रामा दुईवटा र खयर खोलामा चारवटा बास बस्ने ठाउँ तथा खोप्रा र खयरखोलामा एक÷एकवटा भान्सा घर निर्माण गर्न रु २५ लाख लगानी भएको छ ।

खयरबाराही जाने बाटोमा पर्ने खोप्रा लेक हिमशृंखला, सूर्योदय र पहाडी भूगोलको मनमोहक दृष्य अवलोकन गर्न पर्यटकीय गन्तव्य बनेको छ । समुद्री सतहदेखि तीन हजार ६०० मिटरको उचाइमा रहेको खोप्राबाट धौलागिरि, निलगिरि, अन्नपूर्णलगायतका हिमशृंखलाको अवलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

मकवानपुरमा तरकारी बोकेको ट्रक १०० मिटर तल खस्यो, एक जनाको मृत्यु

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu