ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशका विभिन्न क्षेत्रमा रोपवे निर्माण गर्ने


एबीसी / संवाददाता
५ पुस २०७७, आइतबार   ९ : ३१   बजे

काठमाडौं, ५ पुस । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशका विभिन्न क्षेत्रमा रोपवे निर्माण गर्ने भएको छ । मन्त्रालयले मकवानपुरको इन्द्रसरोवर, रसुवाको गोसाइँकुण्ड र दोलखामा रोपवे तथा केवलवे निर्माणका लागि अध्ययन शुरु गरेको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले जानकारी दिनुभयो ।

मन्त्री फुँयालले रोपवे निर्माणका लागि अध्ययन, विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार तथा निर्माणकार्य प्रारम्भ गर्नका लागि मन्त्रालयमा चरणबद्ध छलफल कार्यक्रम भइरहेको बताउनुभयो । देशमा हाल विद्युत् उत्पादन बढदै गएको सन्दर्भमा विद्युतीय ऊर्जामार्फत सञ्चालन हुने यातायातका साधनलाई प्राथमिकता दिइनुपर्ने उल्लेख गर्दे मन्त्री फुँयालले विद्युतीय ऊर्जामार्फत सञ्चालन हुने सडक सवारी तथा रोपवे निर्माण सरकारको प्राथमिकतामा पर्ने बताउनुभयो । प्रदेश सरकारले अत्यावश्यक स्थानमा कुनै पनि प्रकारको ऊर्जाको प्रयोगबिना सञ्चालन गर्न सकिने ग्राभिटी रोपवे (गुरुत्वाकर्षणका कारण सञ्चालन हुने) निर्माणका बारेमा समेत अध्ययन शुरु गरेको फँुयालले जानकारी दिनुभयो ।

उहाँले १०२ वर्ष अगाडि राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा निर्माण गरिएको हेटौँडा काठमाडौँ रोपवे पुनः सञ्चालन गर्न सकिने वा नसकिने अध्ययन गरेर पुनःनिर्माण गर्न सकिने भए पुनःनिर्माण गर्ने तथा नसकिने भए त्यसका संरचनालाई हटाएर व्यवस्थित गरिने बताउनुभयो । उक्त कार्यका लागि मन्त्रालय अध्ययन समिति निर्माण गर्ने क्रममा रहेको र समितिको प्रतिवेदन प्राप्तिपछि प्रतिवेदनका आधारमा काम गरिने उहाँको भनाइ थियो ।

मन्त्री फुँयालले लामो समयसम्म भारत तथा नेपालका तराई क्षेत्रबाट सडक यातायातमार्फत हेटौँडासम्म ल्याइएका सामग्रीलाई काठमाडौँसम्म ढुवानी गर्न प्रयोग भएर हाल बन्द रहेको उक्त रोपवेको संरचनाका कारण जोखिम बढेकाले त्यसको व्यवस्थापन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group