काठमाडौं, ५ पुस । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले संसद विघटनको सिफारिस गर्ने निर्णय लोकतन्त्रको मर्म विपरीत भएको बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गर्ने निर्णय गर्नु लोकतन्त्रमाथि नै प्रहार गर्ने काम भएको उहाँको भनाइ छ । यो कदमलाई सबै तवरबाट प्रतिवाद गर्नुपर्ने भन्दै उहाँले यसले हिजोकै संसदीय व्यवस्थाजस्तै अस्थिरता निम्त्याउने काम भएकाले कडा प्रतिवाद गर्नुको विकल्प नरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्