काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गर्नुभएको छ । संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राख्नु भएको हो । २९ वैशाखको विकल्पमा पनि छलफल भइरहेको एक स्रोतले जनाएको छ । यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस अनुमोदन गर्न बाँकी छ।
प्रतिक्रिया दिनुहोस्