ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपतिसँग डेढ घण्टा छलफल गरेर बालुवाटार फर्किए प्रधानमन्त्री ओली


एबीसी / संवाददाता
५ पुस २०७७, आइतबार   १२ : ५५   बजे

काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर बालुवाटार फर्किनु भएको छ । आइतबार बिहान मन्त्रिपरिषद् बैठक राखी संसद् विघटन गर्न सिफारिस गर्ने निर्णय गराएका ओली बैठक लगत्तै राष्ट्रपति भेट्न शीतल निवास पुग्नु भएको थियो । राष्ट्रपतिसँग करिब एक घण्टा छलफल गरेका ओलीले संसद् विघट गर्न सिफारिस गरेको पत्र राष्ट्रपतिलाई दिएको बताइएको छ। तर प्रधानमन्त्रीले संसद् विघटनको सिफारिस गर्ने पत्र राष्ट्रपतिलाई दिए/ नदिएकोबारे बालुवाटार स्रोतले खुलाउन चाहेको छैन। राष्ट्रपति निवासबाट फर्किएपछि ओलीले बालुवाटारमा आफूनिकट नेताहरुसँग परामर्श गर्ने बुझिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक विवादलाई हतियार बनाउँदै संसद् विघटनको सिफारिस गरेपछि नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड निवासमा नेताहरू आकस्मिक छलफलमा जुटनु भएको छ । प्रचण्ड निवास खुमलटारमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरू छलफलमा जुटेनु भएको हो । बैठकमा संसद् विघटन गर्ने ओलीका सिफारिस, पार्टीको स्थायी कमिटी बैठकलगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ । नेकपा स्थायी कमिटीको बैठक आजै दिउँसो १ बजेका लागि बोलाइएको छ ।

दुई अध्यक्षले पेस गरेको प्रस्ताव र संवैधानिक परिषद्‌सम्बन्धी अध्यादेशका विषयमा छलफल हुने कार्यक्रम रहे पनि एकाएक ओलीले संसद् विघटनको सिफारिस गरेपछि उत्पन्न अवस्थामा कसरी बैठक अघि बढाउने भन्ने विषयमा छलफल गर्न नेताहरू भेला भएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group