ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कहिलेसम्म पर्नुपर्ने अन्वेषणका लागि विदेशी कम्पनीको भर


admin
२७ मंसिर २०७४, बुधबार   १ : ५९   बजे

काठमाडौँ, २७ मंसिर ।  नेपालमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि विदेशी कम्पनीकै भर पर्नुपर्ने अवस्था छ ।

लामो समयदेखि पेट्रोलियम अन्वेषण गरिरहेको पेट्रोलियम अन्वेषण परियोजनाले हालसम्म पाँचवटा विदेशी कम्पनीले नेपालमा अन्वेषण कार्य गरिसकेको जानकारी दिएको छ । जसमा सोल ट्राइगन नेदरल्याण्ड, केयर इनर्जी स्कटल्याण्ड, टेक्साना रिसोर्सेस अमेरिका, विविवि च्याम्पियन्स अमेरिका र इएवीजी कम्पनी युएई छन् ।

सोल ट्राइगन, केयर इनर्जी र टेक्साना रिसोर्सेस कम्पनीले अन्वेषणको काम गरे पनि नेपालमा देखिएको राजनीतिक हिंसा र अस्थिरताका कारण बीचमै काम छाडेका थिए ।

परियोजना प्रमुख सुधीर रजौरे पेट्रोलियम अन्वेषणका लागि नेपालको अर्थतन्त्र र जनशक्तिले सम्भव नहुने भएकाले विदेशी कम्पनीको भर पर्नुपरेको बताउनुहुन्छ । “पेट्रोलियम पदार्थ कहाँ–कहाँ छ भन्नेबारे हामीले प्रारम्भिक अनुसन्धान गरिसकेका छौँ, विशिष्ट खालका अनुसन्धानको लागि विदेशी कम्पनीको भर पर्नुपर्ने हुन्छ,”– उहाँले भन्नुभयो ।

परियोजनाले गरेको अध्ययनअनुसार नेपालको चुरे र तराई क्षेत्रमा पेट्रोलियम पदार्थ हुनसक्ने निष्कर्ष निकालेको छ । परियोजनाले प्रारम्भिक पेट्रोलियम अन्वेषणका लागि पूर्वदेखि पश्चिमसम्ममा तराई र चुरेका १० खण्ड बनाएर अन्वेषण गरेको थियो ।

परियोजनाका प्रमुख रजौरेले नेपालको भूमिजस्तै रहेको भारतको आछाम र पाकिस्तानको पोटवारमा पेट्रोलियम पदार्थ उत्पादन भइरहेकाले यहाँको तराई र चुरे क्षेत्रमा पेट्रोलियम पदार्थ हुनसक्ने सम्भावना उच्च रहेको बताउनुभयो ।

यस्तै गत साउनमा मात्र चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेपालमा आएको बेला नेपालको पेट्रोलियम पदार्थ अन्वेषणका लागि सम्झौता गरेको थियो । जसमा सवा दुई अर्बसम्म सहयोग गर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group