काठमाडौं, १२ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी ओलीले पार्टीको झण्डा कुल्चिएको आरोप लगाउनु भएको छ। आइतबार धनगढीमा भेला भएका कार्यकर्तासँग नेता रावलले भन्नुभयो , ‘केपी ओलीले नेपाली जनताको स्वाभिमानमा आँच पुर्याउने काम गर्नुभयो ।’
सात दशक लामो पार्टीको इतिहास कुल्चिन खोज्नेहरू परास्त हुने जिकिर गर्दै उहाले ‘एमाले र माओवादी केन्द्रबीचको एकता घोषणापत्रमा हस्ताक्षर गर्ने ओलीले विश्वासघात गर्नुभयो , । त्यो दिन केपी ओलीलाई सम्झना छ कि छैन् ?’, रावलले प्रश्न समेत गर्नुभयो ।
ओलीले नै नेपालका कम्युनिस्ट शक्तिलाई छिन्नभिन्न पारेको रावलको आरोप छ । ‘हामी पार्टी एकता टुंगिन्छ भनेर आम नेता, कार्यकर्तालाई विश्वस्त पार्ने प्रयासमा थियौँ । ओली भने कम्युनिस्टहरूलाई फुटाएर शक्तिमा रहिरन उद्यद देखिनुभयो । संसद विघटन गरेर ओलीले देश र जनतालाई धोका दिएको रावलको टिप्पणी छ । आफूहरूले वर्तमान सरकारलाई साथ नदिएको भन्नु हाँस्यास्पद भएको उहाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्