काठमाडौं, १४ पुस । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले आज भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा नेपाल–भारत संयुक्त परियोजनाहरुको कार्यान्वयन र द्विपक्षीय ऊर्जा सहकार्यलाई अघि बढाउने विषयमा छलफल भएको राजदूत क्वात्राले जानकारी दिनुभयो । उहाले रायमाझी मन्त्री बनेकोमा क्वात्राले बधाईसमेत दिनुभएको छ । उहाँलाई प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार मन्त्री नियुक्त गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्