ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली कम्युनिष्ट आन्दोलनमाथि प्रचण्डले खड्ग प्रहार गरे : अर्थमन्त्री पौडेल


एबीसी / संवाददाता
१९ पुस २०७७, आइतबार   ५ : ३४   बजे

काठमाडौं, १९ पुस ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली पक्षका महासचिव तथा अर्थमन्त्री बिष्णु पौडेलले नेपाली कम्युनिष्ट आन्दोलनलाई नेपाली कम्युनिष्ट कै नाममा खड्ग प्रहार गरिएको बताउनुभयो । बुटवलमा रुपन्देही जिल्लाका अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै महासचिव पौडेलले विश्वलाई आश्यर्यमा पार्न सफल भएको कम्युनिष्ट आन्दोलनलाई पार्टीकै शिर्श नेतृत्वबाट प्रहार भएको बताउनु भएको हो ।

पौडेलले कम्युनिष्ट आन्दोलनको गतिलाई अध्यक्ष प्रचण्डको अस्थिर चरित्रका कारण अवरुद्ध बनाएको आरोप लगाउँदै बैठकभित्र एउटा निर्णय गर्ने र बाहीर अर्के कुरा गर्ने गरेकाले पार्टी एकतालाई बचाउन नसकिएको उहाँले बताउनुभयो ।प्रचण्डले पार्टीमा एकताको सहमती गर्ने तर बाहिर निस्कनासाथ प्रधानमन्त्रीको सपना देख्ने, एकल अध्यक्षको आकांक्षा राख्ने गरेको महासचिव पौडेलको आरोप छ ।

प्रचण्डले पार्टी भित्रका केहि महत्वकांक्षी नेताहरुलाई साथमा लिएर प्रधानमन्त्री ओलीलाई पदच्युत गर्न खोज्नु नै खास समस्या भएको उल्लेख गर्दै पौडेलले पार्टीभित्र देखिएको समस्या सैद्धान्तिक नभएको र कुनै नीतिले सिर्जना गरेको समस्या नभएको स्पष्ट पार्नुभयो ।

‘सत्ता, शक्ति र पदीय महत्वाकांक्षाकै कारण पार्टीमा समस्या सिर्जना भएको हो ।’ पार्टीमा प्रस्तुत प्रधानमन्त्री विरुद्धको आरोपपत्र फिर्ता लिए प्रचण्डलाई स्वागत गर्न आफु तयार रहेको महासचिव पौडेलले बताउनुभयो । प्रचण्ड नेपाल पक्षमा गएका अन्य नेताहरुलाई पनि पार्टीले स्वागत गर्न तयार रहेको उहाँले बताउनुभयो ।महासचिव पौडेलले निर्वाचन नहुने भ्रममा नरहन कार्यकर्ताहरुलाई आग्रह गर्दै आगामी निर्वाचनमा पार्टीलाई दुई तिहाईसहित बहुमत दिलाउने हिसाबले क्रियाशिल हुन पार्टीका अगुवा कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group