ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खुमलटारमा पार्टी फुटाउने षडयन्त्रका २८० वटा बैठक बसेको रेकर्ड छ – प्रधानमन्त्री


एबीसी / संवाददाता
१९ पुस २०७७, आइतबार   ५ : ४७   बजे

काठमाडौं, १९  पुस । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख १७ र २७ गते निर्वाचन तोकिएकै मितिमा हुने हुनाले कसैको भ्रममा नपर्न आग्रह गर्नुभएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) को भेलालाई आइतबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । निर्वाचन नेपाली जनता र देशको आवश्यकता भएकाले तोकिएकै मितिमा निर्वाचन हुने उहाँले प्रष्ट पार्नुभयो ।

“देशलाई अलमलमा राख्न सकिदैन, त्यसैले निर्वाचन तोकिएकै मितिमा हुन्छ” उहाँले भन्नुभयो । सरकारको राम्रो कामलाई छोपछाप पार्ने काम पार्टी भित्रबाटै भएको टिप्पणी गर्नुहुँदै अध्यक्ष ओलीले पार्टी नेतृत्वलाई खुइ ल्याउने काममा मात्र केही नेताहरु लागेको बताउनुभयो । “गएको वैशाख १३ गतेदेखि पुस ४ गतेसम्म खुमलटारमा पार्टी फुटाउने षडयन्त्रका २८० वटा बैठक बसेको रेकर्ड छ” उहाँले भन्नुभयो । ३५ वटा बैठक खुमलटार बाहिर बसेको रेकर्ड आफूसँग रहेको बताउनुभयो ।
“पार्टी फुटाउने, सरकारलाई काम गर्न नदिने, नेतृत्वलाई झुठा आरोप लगाएर खुइल्याउने काम भयो” प्रधानमन्त्री ओलीले भन्नुभयो, “राष्ट्रियता कमजोर पार्न, पार्टी कमजोर पार्न र सरकारको कामलाई कमजोर पार्ने षडयन्त्रमात्र उहाँहरुबाट भयो ।” प्रचण्ड–माधव पक्षले तीन वर्षमा षडयन्त्रबाहेक केही नगरेको उहाँले टिप्पणी गर्नुभयो । ” महिलामाथिको अपमान गर्न छुट कसैलाई नभएको बताउनुहुँदै अध्यक्ष ओलीले सडकमा लागेका नारा सुन्नै नसक्नेखालका रहेको बताउनुभयो । पार्टी फुट हुनबाट जोगाउन आफूले प्रयास गरिरहेको भएपनि पार्टीका केही साथीहरु पार्टी जोडिन नदिने अभियानमा लागेको उहाँले टिप्पणी गर्नुभयो ।

यो देशलाई भत्किन र विग्रन नदिइने बताउनुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपाली भूमि नक्सामा छापेजस्तै ससम्मान फिर्ता ल्याउँछौं, विग्रे भत्केका चिजको निर्माण गर्छौं ।” मुलुकको आर्थिक समृद्धि कसैले रोकेर नरोकिने उहाँले प्रष्ट पार्नुभयो । देशभक्तिपूर्ण, लोकतान्त्रिक, शान्तिपूर्ण र भ्रष्टाचार विरोधी विचार लिएर सरकार अगाडि बढिरहेको उहाँले चर्चा गर्नुभयो ।“सूर्य चिन्ह पाइँदैन कि कतिपय साथीहरुमा चिन्ता देख्छुँ, हामीले नपाएर कसले पाउँछ रु ” प्रष्ट पार्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, “आउनुस् बैठकमा, तपाईहरुको अपराधलाई हामी क्षमा गर्छौं, अध्यक्ष र वरिष्ठ नेताहरुको पद कायमै राखेका छौं आउनुस् ।” पार्टी प्रवक्ताले दुर्गन्ध फैलाउने काम गरेकाले हटाइएको उहाँले प्रष्ट पार्नुभयो । तर पार्टी सदस्यबाट कारवाही नगरिएको बताउनुभयो ।

हामी सहेर बसेका छौं, तपाईहरु मुद्दा मामिला गर्न कुद्नुभएको छ उहाँले भन्नुभयो, “गालीगलौच गरेर जुलुश लिएर सडकमा पुग्नुभएको छ, तपाईहरु आत्तिनुभएको छ ।” “किन माइतीघर मण्डला पुग्नुहुन्छ रु हामी यता छौं किन भन्नुप¥यो” अध्यक्ष ओलीले भन्नुभयो, “तपाईहरुको स्वार्थी भावना त्यागेर आउनुस्, फेरि हामी यही छौं भनेर लेखेर आउनुस् । पार्टीमा तपाईहरुको ठाउँ यथावत राखिएको छ ।” हामीले आग्रह गरेका छौं, तपाईहरु नआउनु भएपनि समृद्धिको अभियान भने नरोकिने उहाँले प्रष्ट पार्नुभयो । “तपाईहरु शहिद भएको भए श्रद्धाञ्जलि दिनुहुन्थ्यो, तर तपाईहरु शहिद भएको होइन, सडकमा दुर्गन्ध फैलाउने काम नगर्नुस्” अध्यक्ष ओलीले भन्नुभयो, “यो लडाई विचार र समृद्धिको लडाई हो, तपाईहरु दुर्गन्ध फैलाउँदै जानुस्, हामी सफा गर्दै जान्छौं ।”

पार्टी भित्रै बसेर समस्या र अड्चन गर्नेकाम गर्नुभएकाले संसद विघटन गर्नुपरेको बताउनुहुँदै अध्यक्ष ओलीले पार्टी भित्रै रहेर ‘हरियो सर्प’को भूमिका नेताहरुले खेलेको टिप्पणी गर्नुभयो । अनेरास्ववियु गतिशील संस्था भएपनि तीन वर्षसम्म अलमलमा पारिएको बताउनुहुँदै अध्यक्ष ओलीले युवा विद्यार्थी शक्तिलाई देश र जनताको पक्षमा काम गर्न नदिएर तीन वर्षसम्म अलमल्याउने काम भएको तर अव संस्था चलायमान भएको चर्चा गर्नुभयो । “अब रोकिएको बाँध भत्कियो, अनेरास्ववियु अगाडि बढ्यो” उहाँले भन्नुभयो ।विद्यार्थीमाथि देश र जनताले विश्वास र भरोसा गरेकाले देश बनाउने अभियानमा एकतावद्ध भएर लाग्न उहाँले विद्यार्थीहरुलाई आव्हान गर्नुभयो । कामलाई व्यवहारबाट देखाउन आग्रह गर्नुहुँदै अध्यक्ष ओलीले युवा विद्यार्थीकै सक्रियतामा मुलुकको परिवर्तन सम्भव रहेको चर्चा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group