ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी भित्रको सांगठनिक कार्य विभाजन गर्न माधव नेपालको संयोजकत्वमा कार्यदल बन्यो


एबीसी / संवाददाता
१९ पुस २०७७, आइतबार   ७ : ०६   बजे

काठमाडौं, १९ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठकले पार्टी भित्रको सांगठनिक कार्य विभाजन गर्न कार्यदल गठन गरेको छ ।  आइतबार पार्टी कार्यालय पेरिसडाँडाँमा बसेको बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको हो । कार्यदलले प्रदेशका कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारीहरु, केन्द्रीय संगठनहरु, मोर्चा संगठनका पदाधिकारीहरु र सांगठनिक एकीकरणका बाँकी कामहरु सम्पन्न गर्ने अधिकार पाएको छ ।

पत्रकारहरुलाई बैठकका निर्णय सुनाउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले सांगठनिक काम गर्न अध्यक्ष नेपालको संयोजकत्वमा कार्यदल बनेको र भोलि बस्ने बैठकले कार्यदललाई अन्तिम रुप दिने बताउनुभयो ।

बैठकमा अध्यक्ष द्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलनको रक्षाको लागि दृढतापूर्वक अघि बढ्न सबै नेता कार्यकर्तालाई अपील गर्नुभएको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो । बैठकमा सरकारले प्रतिनिधि सभाको विघटन गरी चालेको असंवैधानिक कदमलाई असफल पार्ने विषयमा छलफल भएको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो । बैठकले प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतानित्रक कदमको विरुद्धमा भएका सबै पार्टीहरुसँग संयुक्त कार्यक्रम गर्न समन्वय गर्ने निर्णय समेत गरेको छ ।

स्थायी कमिटीको अर्को बैठक भोलि (सोमबार) दिउसो १ बजे बस्ने भएको छ । कार्यदलमा सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, घनश्याम भूसाल, वेदूराम भूसाल, गिरिराजमणि पोखरेल, पम्फा भुसाल, गोकर्ण बिष्ट, वर्षमान पुन, मातृका यादव र शक्ति बस्नेत छन् । यो कार्यदलले पार्टी र जनसंगठनमा रिक्त रहेको पद पूर्ति गर्ने, जिम्मेवारी हेरफेर गर्ने लगायत सिफारिस गर्नेछ ।

तर, नेकपा ओली समूहमा लागेकाहरुलाई तत्काल संगठनबाट ननिकाल्ने निर्णय गरेको छ । ओली समूहले पनि प्रचण्ड(माधव समूहमा लागेकाहरुलाई कायमै राखेर महत्वपूर्ण जिम्मेवारी भने खोसेको छ भने पार्टी र जनसंगठनको केन्द्रीय कमिटी विस्तार गर्ने निर्णय गरेको छ । प्रचण्ड(माधव समूहले पनि उस्तै नीति लिने भएको छ । बैठकले असंवैधानिक संसद विघटनमा आन्दोलनका लागि पूरा शक्ति लगाउने निर्णय गरेको छ । त्यसका लागि नारायणकाजी श्रेष्ठको संयोजकत्वमा केन्द्रीय जनसंघर्ष समिति बनिसकेको छ । थप छलफल र समन्वय नेताहरुलाई जिम्मेवारी दिइएको छ । सञ्चार क्षेत्रको समन्वय गर्न योगेश भट्टराईलाई जिम्मेवारी दिइएको छ भने नागरिक समाजसँग समन्वय गर्न लिलामणि पोखरेल, रघुजी पन्त लगायतलाई जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group