ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफ्नो कार्यकाल सकिनै लाग्दा ट्रम्पले गरे ८ वटा चिनिया एपमाथि बन्देज लगाउने कार्यकारी आदेश


एबीसी / संवाददाता
२६ पुस २०७७, आइतबार   ९ : १७   बजे

काठमाडौँ, २६ पुस । आगामी २१ जनवरीदेखि पदमुक्त हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको अन्तिम समयमा ८ वटा चिनिया एपमाथि बन्देज लगाउने कार्यकारी आदेश जारी गरेका छन् ।

मंगलबार ट्रम्पले एक कार्यकारी आदेश जारी गर्दै ८ वटा चिनियाँ एपसँगको कारोबारमा बन्देज लगाएका हुन् । यो सँगै अब अमेरिकामा अलिबाबा कम्पनीको अलि पे, टेनसेन्ट कम्पनीको क्यूक्यू वालेटसँगै विच्याटपे बाट हुने कारोबारमा बन्देज लाग्नेछ ।

त्यस्तै क्याम स्क्यानर, सेयरइट, भिमेट र डब्लुपिएस अफिस एपमाथि पनि बन्देज लगाइएको छ । ट्रम्पको उक्त कार्यकारी आदेश ४५ दिनपछि कार्यान्वयनमा आउने बताइएको छ जतिबेला उनले राष्ट्रपतिको पद छाडिसकेका हुनेछन् ।

चिनियाँ एपहरुविरुद्ध ट्रम्पले यसअघि जारी गरेका प्रतिबन्धात्मक आदेशहरु कार्यान्वयन हुन नसकिरहेको अवस्थामा पछिल्लो आदेश समेत कार्यान्वयन हुनेमा आशंका व्यक्त गरिएको छ । यसअघि विच्याटमाथि ट्रम्प प्रशासनले लगाउन थालेको प्रतिबन्धलाई अदालतले रोक लगाएको थियो भने अदालतले आदेशपछि टिकटकमाथिको प्रतिबन्ध पनि लागू हुन सकेको छैन ।

ट्रम्पले मंगलबार जारी ग्रेको कार्यकारी आदेशमा भनिएको छ, ‘अमेरिकी नागरिकका व्यक्तिगत जानकारीहरु प्राप्त गर्ने वा चोर्नका लागि चीन र उसको सत्ताधारी कम्युनिष्ट पार्टीको निरन्तरको गतिविधिले के प्रष्ट पारेको छ भने उसको मुख्य ध्येय भनेकै चीनको आर्थिक तथा राष्ट्रिय सुरक्षा एजेण्डाको प्रवर्द्धनका लागि ठूलो परिमाणमा डाटा संग्रह गर्नु नै हो ।’
विश्लेषकहरुले भने ट्रम्पको यो कदम चीनलाई चिढ्याएर जवाफी कार्य गर्न लगाउँदै अमेरिका र चीनबीचको सम्बन्धलाई झनै बिगार्ने र आगामी राष्ट्रपति जो बाइडेनका हात बाँध्नका लागि चालिएको कदम भएको टिप्पणी गरेका छन् ।

चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगाउनका लागि ट्रम्पले जारी गरेको यो र यस्तै अन्य कार्यकारी आदेशहरुमाथि बाइडेन प्रशासनले निश्चित रुपमा समीक्षा गर्नेछ । तर यदि ट्रम्पका कार्यकारी आदेशहरु भविष्यमा कार्यान्वयन भए भने त्यसले चीनमा रहेका अमेरिकी कम्पनीहरुलाई नै असर पर्ने विश्लेषकको भनाइ छ ।

बाइडनलाई सत्ता सुम्पनुअघि ट्रम्पले चिनियाँ कम्पनीहरुमाथि दबाब सिर्जना गर्नेगरी भटाभट निर्णय गरिरहेका छन् ।  अघिल्लो महिना अमेरिकाले सरकारी चिनियाँ चिप निर्माता कम्पनी एसएमआईसी तथा अन्य कम्पनीहरुमाथि बन्देज लगाएको थियो । हालैमात्र उसले एक नयाँ कानून जारी गरेको छ जस अनुसार अब अमेरिकी लेखापरीक्षण मापदण्ड पूरा नगर्ने चिनियाँ कम्पनीहरुलाई अमेरिकी स्टक एक्सचेन्जको सूचिबाट हटाइनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group