ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झापामा समानुपातिकतर्फ प्रत्यक्षमा ८.१० र प्रदेशमा १२.३० प्रतिशत मत बदर


admin
२८ मंसिर २०७४, बिहिबार   १ : ४०   बजे

भद्रपुर, २८ मंसिर । मंसिर २१ गते सम्पन्न निर्वाचनअन्तर्गत झापामा प्रतिनिधिसभातर्फको समानुपातिकमा ८.१० प्रतिशत र प्रदेशसभाको समानुपातिकतर्फ १२.३० प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्राप्त विवरणअनुसार प्रतिनिधिसभाअन्तर्गत निर्वाचन क्षेत्र नं १ मा समानुपातिकमा ७५ हजार ९८६ मत खसेकामा पाँच हजार ५०३ मत बदर , निर्वाचन क्षेत्र नं २ मा ८४ हजार ६४९ मत खसेकामा पाँच हजार १९मत बदर, निर्वाचन क्षेत्र नं ३ मा ८३ हजार ९३ मत खसेकामा आठ हजार १२५मत बदर, निर्वाचन क्षेत्र नं ४ मा ७७ हजार २१५ मत खसेकामा छ हजार १२५मत बदर र निर्वाचन क्षेत्र नं ५ मा ९६ हजार मत खसेकामा छ हजार ४८० मत बदर भएको थियो ।

त्यस्तै प्रदेशसभा सदस्यका लागि निर्वाचन क्षेत्र नं १ को ‘क’ मा समानुपातिकतर्फ ४५ हजार ३५८ मत खसेकामा चार हजार ५५५ र ‘ख’मा ३० हजार ६२८ मत खसेकामा तीन हजार ३३२ मत बदर , निर्वाचन क्षेत्र नं २ को ‘क’ मा ३६ हजार ६३६ मत खसेकामा तीन हजार १७४ र ‘ख’ मा ४८ हजार १३ मत खसेकामा चार हजार ५७५ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयका कर्मचारी प्रेम न्यौपानेले बताउनुभयो ।

यसैगरी, निर्वाचन क्षेत्र नं ३ को ‘क’ मा ४२ हजार २३९ मत खसेकामा हजार २०३ र ‘ख’ मा ४० हजार ८५४ मत खसेकामा पाँच हजार ३११ मत बदर, निर्वाचन क्षेत्र नं ४ को ‘क’ मा ३३ हजार ५७ मत खसेकामा तीन हजार ८७४ र ‘ख’ मा ४४ हजार १५८ मत खसेकामा पाँच हजार १४४ मत बदर भएको थियो भने निर्वाचन क्षेत्र नं ५ को ‘क’ मा ४७ हजार ४१३ मत खसेकामा पाँच हजार ५२४ मत र ‘ख’ मा ४८ हजार ६३१ मत खसेकामा तीन हजार ९८३ मत बदर भएको कर्मचारी न्यौपानेले जानकारी दिनुभयो ।

प्राप्त जानकारीअनुसार प्रतिनिधिसभाको समानुपातिक तथा प्रदेशसभाको समानुपातिकमा कूल चार लाख १६ हजार ९८७ (७१.२६ प्रतिशत) मत खसे पनि प्रतिनिधिसभातर्फ समानुपातिकमा ३१ हजार २५२ र प्रदेशसभातर्फ समानुपातिकमा ४५ हजार ६७५ मत बदर हुनुले मतदाता शिक्षा प्रभावकारी नभएको सम्बद्ध पदाधिकारीको भनाइ छ  ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu