काठमाडौं,६ माघ । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५२ हजार ५९३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १३७ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५२ हजार ५९३ पुगेको हो ।
यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप ९ हजार ९७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ५ लाख ८२ हजार ६४७ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म १ करोड २ लाख २७ हजार ८५२ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस्