ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुक्तकमैया सामूहिक माछापालनमा


admin
२९ मंसिर २०७४, शुक्रबार   ५ : २७   बजे

भीमदत्तनगर, २९ मंसिर । कञ्चनपुरको बेलौरी नगरपालिका–– ५ का मुक्तकमैया सामूहिक रुपमा माछापालन गरेर आम्दानी गरिरहेका छन् ।

यहाँ करिब आठ हेक्टरमा रहेको प्राकृतिक ताललाई व्यवस्थित गरेर सोभाताल मुक्तकमैया शिविरमा बस्दै आएका ७९ किसानले व्यावासायिक रुपमा माछापालन गर्दैआएका छन् ।

विसं २०६० देखि नै सोभातालमा माछापालन गरिए पनि व्यवस्थित नहुँदा आम्दानी मनग्य हुनसकेको थिएन । विभिन्न दातृ निकायले पोखरी स्तरोन्नती गर्न तथा डिल निर्माणलगायत प्राविधिक सहयोग गरेपछि मुक्तकमैयाले विगत केही वर्षयता समूहमार्फत माछापालन गर्न थालेका हुन् ।

सोभाताल व्यावसायिक माछापालन समितिका कृपाराम चौधरीका अनुसार पोखरीको डिल बनाउन र पानीका लागि मोटर, बोरिङका लागि दातृ निकायको सहयोग पाएपछि मुक्तकमैयाले श्रमदान गरेर तालमा माछापालन गर्न मन लगाएका हुन् । चौधरीले भन्नुभयो–“विगत वर्षमा वार्षिक रु तीन लाखसम्म नाफा भएको थियो ।”

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए)ले समूहमार्फत मुक्तकमैया किसानलाई माछापालनमा सहयोग गर्दै आएको छ । “पहिले रु तीन लाखदेखि रु पाँच लाखसम्म आम्दानी हुन्थ्यो,” चौधरीले भन्नुभयो– “यस याममा रु १० लाखको माछा बिक्री गर्ने योजना बनाएका छौंँ ।”

पोखरीको डिलमा कागती खेतीका लागि बाँस रोपिएको छ । स्थानीय माछापालन व्यवसायमा आवद्ध अर्का मुक्तकमैया राधेश्याम चौधरीले तालमा माछापालनका लागि मुक्तकमैया बस्तीमा किसान अग्रसर हँुदै गइरहेको बताउनुहुन्छ ।

“चैतसम्म माछा बेच्ने समय हो,” उहाँले भन्नुभयो–“दैनिक माछा बिक्री भइरहेको छ ।” माछापालनमा आवद्ध किसानले बजारको समस्या नरहेको बताएका छन् । अहिले माछा प्रतिकिलो रु २५० देखि रु ३०० सम्ममा बिक्री भइरहेको छ ।

आम्दानीको रकम समूहमा आवद्ध किसानलाई मुनाफा बाड्ने गरी उनीहरुले योजना बनाएका छन् । जिल्ला कृषि विकास कार्यालयले २६ हजार तथा एनएनएसडब्लुएले २१ हजार माछाका भुरा सो समूहलाई उपलब्ध गराएको छ ।

माछापालन गरेर आयमूलक काममा अग्रसर मुक्तकमैयाले बेलौरी नगरपालिकालाई तालको अत्याधिक भाडा तिर्नु परेको गुनासो गरेका छन् । उनीहरुले तालको ठेक्काबापत वार्षिक रु एक लाख ५० हजार नगरपालिकालाई तिर्दैआएका छन् ।

“मुक्तकमैयाको आयस्तर उकास्न ताल समुदायलाई नै हस्तान्तरण गरिदिए हुन्थ्यो,” स्थानीयवासी कृपाराम चौधरीले भन्नुभयो–“नगरपालिकाले वार्षिक रुपमा समूहलाई ठेक्का दिएर रकम लिइरहेको छ ।”

त्यसैगरी, बेलौरी नगरपालिका–३ का किसानले पनि समूह बनाएर व्यावसायिक माछापालन थालेका छन् । यहाँको कर्णाली टोलका स्थानीयवासीले कर्णाली व्यावसायिक माछापालन समूह बनाएर माछापालन थालेका हुन् । समूहका कोषाध्यक्ष सावित्रा रावलका अनुसार उनीहरुले समूहमार्फत डेढ बिघा खेतमा पोखरी निर्माण गरेर माछापालन गरिरहेका छन् । यसका लागि एनएनएसडब्लुएले प्राविधिक सहयोग गर्दैआएको छ ।

“शुरुवातमा रु ६ लाख लगानी ग¥यौँ,” उहाँले भन्नुभयो–“अब माछा बिक्रीका लागि तयार हुँदैछन् ।” माछापालनका साथै किसानले सामूहिक रुपमा तरकारी खेतीसमेत गरिरहेका छन् । सो समूहमा ४५ परिवार आवद्ध छन् । उनीहरुले मासिक रु ५० बचत गर्दै आएका छन् । एनएनएसडब्लुएले बेलौरीमा किसानलाई व्यावसायिक बनाउन तरकारी खेती, माछापालन, बंगुरपालन र च्याउखेतीमा सहयोग गरिरहरहेको छ ।

एनएनएसडब्लुले समुदायमा आधारित जीविकोपार्जन तथा दिगो खाद्य सुरक्षा कार्यक्रमअन्तर्गत आर्थिक र प्राविधिक सहयोग गरिरहेको कार्यक्रम संयोजक राजकुमार सुनारले बताउनुभयो । उहाँले सोभाताल र कर्णाली टोलमा माछापालन तथा च्याउखेतीका लागि बेलौरी नगरपालिकाका १३ वटा स्थानमा संस्थाले सहयोग गर्दै आएको बताउनुभयो ।

“हामीले गर्ने सहयोग आर्थिक अनुदानदेखि प्राविधिकसम्म हो,” संयोजक सुनारले भन्नुभयो– “उत्पादित बस्तुको बिक्री वितरणका लागि सम्बन्धित निकायसित छलफल गरिहेका छौँं ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group