काठमाडौं, ८ माघ । कोरोनाभाइरसविरूद्धको खोप बनाइरहेको भारतको पुणेस्थित सेरम इन्स्टिच्युट अफ इन्डियामा आगलागी भएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार सेरमको टर्मिनल नम्बर १ गेट नजिकैको भवनमा बिहीबार दिउँसो आगलागी भएको हो।आगो निभाउन १० बढी दमकल र सुरक्षाकर्मी घटनास्थलमा पुगेका छन्। आगलागीको कारण र क्षतिको विस्तृत विवरण आउन बाँकी छ।सेरमले भारतमा अक्सफोर्ड(अष्ट्राजेन्काले विकास गरेको कोरोनाविरूद्धको भ्याक्सिन उत्पादन गरिरहेको छ।बिहीबार नेपाल आएको १० लाख डोज भ्याक्सिन पनि सेरमले नै बनाएको हो। सेरम संसारकै ठूलो खोप उत्पादक कम्पनी हो।
प्रतिक्रिया दिनुहोस्