ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वभर २४ घण्टामा ५ लाख ९५ हजार भन्दा बढीमा कोरोना संक्रमण : १६ हजार ,१७५ जनाको मृत्यु


एबीसी / संवाददाता
१६ माघ २०७७, शुक्रबार   ८ : ५२   बजे

काठमाडौं, १६ माघ । चीनको हुबे प्रान्तको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसको असर एक वर्ष नाघेपनि कम भएको छैन । यसको असर झनै तीव्र हुँदै गइरहेको छ । महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टाको अवधिमा विश्वभर ५ लाख ९५ हजार ४ सय ९७ जना संक्रमित भएका छन् भने सोही अवधिमा १६ हजार १ सय ७५ जनाको मृत्यु भएको छ ।

कोभिड–१९ बाट सबैभन्दा बढी प्रभावित रहेको अमेरिकामा मात्र १ लाख ६२ हजार ५ सय ७४ जना संक्रमित भएका छन् भने ३ हजार ९ सय ८ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कुल संक्रमितको संख्या २ करोड ६३ लाख ३८ हजार ६ सय ७ पुगेको छ भने ४ लाख ४३ हजार ७ सय ६९ जनाको ज्यान गएको छ ।

यस्तै, भारतमा १८ हजार ९ सय ४० जना संक्रमित भएका छन् भने १ सय ६२ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा १ करोड ७ लाख २० हजार ९ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने संक्रमणबाट १ लाख ५४ हजार४७ जनाको ज्यान गएको छ ।

यस्तै, तेस्रो स्थानमा रहेको ब्राजिलमा ६० हजार ३ सय १ जना थपिदा १ हजार ४ सय ३९ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कुल संक्रमितको संख्या ९० लाख ६० हजार ७ सय ८६ पुगेको छ । सोही अवधिमा २ लाख २१हजार ६ सय ७६ जनको मृत्यु भएको छ ।

यसैगरि पछिल्लो २४ घन्टाको अवधिमा रसियामा १९ हजार १ सय ३८, बेलायतमा २८ हजार ६ सय ८०, फ्रान्समा २३ हजार ७ सय ७७, स्पेनमा ३४ हजार ८ सय ९९, इटालीमा १४ हजार ३ सय ७२, टर्कीमा ७ हजार २ सय ७९ र जर्मनीमा १४ हजार ८ सय ८३ जना संक्रमित थपिएका छन् । सोही अवधिमा रसियामा ५ सय ७५, बेलायतमा १ हजार २ सय ३९, फ्रान्समा ३ सय ४४, स्पेनमा ५ सय १५, इटालीमा ४ सय ९२, टर्कीमा १ सय २९ र जर्मनीमा ८ सय ६२ जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेसम्म कोरोना संक्रमितको संख्या १० करोड २० लाख ५ हजार ७ सय २६ पुगेको छ भने संक्रमणबाट २१ लाख ९९ हजार १ सय २० जनाको मृत्यु भएको छ । ७ करोड ३८ लाख ४५ हजार ३३ जना कोरोनामुक्त भएका छन् भने २ करोड ५९ लाख ६१ हजार ५ सय ७३ जना सक्रिय संक्रमित अवस्थामै रहेका छन् । जसमध्ये १ लाख ९ हजार ८ सय ५५ जना गम्भीर अवस्थामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘विश्वासको कूटनीति’ कि ‘दूरीको रणनीति’? बालेन सरकारको परराष्ट्र अभ्यासमाथि एमालेको प्रश्न

वाग्मतीमा सरकार परिवर्तनको बहस तीव्र, सत्ता हस्तान्तरणका लागि मुख्यमन्त्रीलाई एमाले–नेकपाको आग्रह

सम्बन्धित

पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना

इजिप्टमा ५ म्याग्निच्युडको भूकम्प

ट्रम्पको इरान सम्बन्धी घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट, सुनको अवस्था के छ ?

रुसका सैन्य र ऊर्जा पूर्वाधारमा युक्रेनको लामो दूरीको आक्रमण, ८ जनाको मृत्यु

‘सुस्ताको सिमल र कदम’ : भारतीय एसएसबीले अस्थायी बाँध भत्काउँदा स्थानीय लाठीभाटाले प्रतिकार

५० ड्रोनको स्वार्म प्रणाली बनाउँदै भारत, भविष्यको युद्धका लागि स्वदेशी सैन्य प्रविधिमा ठूलो फड्को

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu