ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अग्र्यानिक तरकारी खेतीबाट मनग्य आम्दानी


admin
१ पुस २०७४, शनिबार   ४ : ५५   बजे

कञ्चनपुर, १ पुस (रासस) ः कञ्चनपुरको बेलौरी नगरपालिका– १ रामनगरका किसान व्यावसायिक अग्र्यानिक तरकारीखेती गरेर मनग्य आम्दानी लिन थालेका छन् ।

घरमै तयार गरेको अग्र्यानिक मलको प्रयोग गरी यहाँका किसानले १५ बिगाहा अन्न फल्ने खेतमा तरकारी खेती गरेका छन् ।

अग्र्यानिक तरकारी उत्पादनका लागि यहाँका किसानले घरमै मल तयार गर्ने र जैविक विषादी तयार गरी खेतबारीमा हाल्ने तरिकाबारे तालीमसमेत लिएका छन् । व्यावसायिक बन्नका लागि तरकारी खेती गर्ने तरिका सिकेर तरकारी खेतीबाट उत्पादन लिन थालेको सदावहार आइपिएम कृषक समूहका बिस्पती चौधरीले बताउनुभयो ।

पहिले पहिले खेतमा धान र गहुँ गरी दुई वटा बाली मात्रै लगाउथ्यौँ उहाँले भन्नुभयो, “व्यावसायिक खेती गर्नेबारे तालीम लिएपछि तरकारी खेती गर्न थालेका छौँ ।” अन्नभन्दा तरकारी खेतीबाट तेब्बर बढी आम्दानी हुने भएकाले मौसमी र बेमौसमी तरकारी खेतीलाई अगाडि बढाइएको उहाँले बताउनुभयो ।

पाँच कट्ठादेखि एक बिगाहा जग्गामा समूहमा आबद्ध किसानले काउली, बन्दा, खुर्सानी, टमाटर, हरियो सागपात लगाएका छन् । एक बिगाहा जग्गामा तरकारी खेती गर्नुभएका लालबहादुर चौधरीले तरकारी रोपेको दुई महिनामै काउली बिक्री गरी रु ५० हजारभन्दा बढी आम्दानी गरेको बताउनुभयो ।

दुई वटा समूहमा आबद्ध यहाँका ५० जना किसानले ‘एनएनएरडब्लुए’ नामक संस्थाको रु एक लाख २५ हजार आर्थिक तथा प्राविधिक सहयोगमा १५ बिगाहा जग्गामा तरकारी खेती गरेका छन् । उत्पादित तरकारी यहाँका किसानले साइकल र मोटरसाइकलमा राखेर नजिकैका बेलौरी, कलकत्ता र बेलडाँडीलगायतका बजारमा लगेर बिक्री गर्दै आएका छन् ।

तरकारी खेतीमा संलग्न किसानले वार्षिकरुपमा रु एक लाखदेखि रु सात लाखसम्म आम्दानी गर्दै आएको वीरेन्द्र चौधरीले बताउनुभयो ।

अग्र्यानिक तरकारीको मूल्य अरु तरिकाले उत्पादन गरिएको तरकारीभन्दा बढी हुने गरेको भए पनि पर्याप्त बजार नहुँदा सस्तोमै बेच्नुपर्ने बाध्यता रहेको अर्का किसान हरिदास चौधरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “आर्थिक सहयोग गर्ने संस्थाले तरकारी संकलन गर्ने घरसमेत निर्माण गरिदिएकाले तरकारी संकलन गरी ढुवानीका साधनमार्फत बजारमा बेच्नका लागि लैजाने योजना बनाएका छौँ ।”

बजारमा तरकारी खरिद गर्ने व्यापारीलाई यस क्षेत्रको अवलोकन गराइएकाले जति तरकारी उत्पादन भए पनि खरिद गर्छु भन्ने प्रतिबद्धता गरेकाले तरकारी उत्पादन गर्नमा बढी उत्साह थपिएको उहाँले बताउनुभयो ।

सोही संस्थाको आर्थिक सहयोगमा नगरपालिकाको वडा नं ३ कर्णाली टोलका बासिन्दाले समेत १५ बिगाहामा तरकारी खेती गरेका छन् । सहयोगी संस्थाले सिँचाइका लागि बोरिङ, तरकारी संकलन गर्ने घर निर्माणसँगै बीउ, बिषादी र मलको व्यवस्था गरेको छ ।

नगरपालिकाका कृषि शाखाका प्रमुख रणबहादुर मल्लले किसानले लोभलाग्दो तरिकाले तरकारी उत्पादन गरेकाले थप तालीम र अन्य सहयोग गरिने बताउनुभयो । “किसानद्वारा उत्पादित तरकारीको बजार मूल्य उपलब्ध गराउनका लागि हामी पनि सहयोग गर्छौं”– उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group