काठमाडौँ, १७ माघ । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५४ हजार १७६ पुगेको छ ।पछिल्लो २४ घण्टामा थप १२९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार १७६ पुगेको हो ।
यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ १२ हजार ५१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ७ लाख ३३ हजार ४८७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ४ लाख ७ हजार ३४७ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस्